विरोधाभास पूर्ण राजनीतिः अव हाम्रो गन्तव्य कता ?

Share This
  •  
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
विरोधाभास पूर्ण राजनीतिः अव हाम्रो गन्तव्य कता ?
    

चालीस दशकको मध्यतिर,म माध्यमिक स्तरको विद्यार्थी हँुदा,कम्युनिष्ट पार्टीको गाउँ गाउँमा संगठन विस्तार भुमिगतरुपमा थियो । पत्रपत्रीका लगायतका सूचना एवं सञ्चारका माध्यमहरु अत्यन्त न्यून थिए,भएका सूचना एवं सञ्चारका माध्यमहरुसंगको हाम्रो पहुच नगण्य मात्र थियो । तथापि हामी, म लगायत केहि मेरा साथीहरु जसलाई राजनीति र सामाजिक परिवर्तनकावारेमा थोरै चासो थियो,हामी देशको राजनीति तथा समाजका बारेमा हाम्रो स्तर अनुुसारका चर्चा गथ्र्यौ,राजनीतिका बारेमा धेरै खुलेर गफ गर्ने त वातावरण पनि थिएन,पञ्चायति व्यवस्था थियो । प्रहरी प्रशासनले सुइको पाईहाले आफुले भन्दा पनि आफ्ना अभिभावकहरुले बढी सास्ती भोग्नु पर्ने हुन्थ्यो । राजनीति गफ त के हुन्थ्यो र,पञ्चायति व्यवस्थाका विरुद्द कुरागर्ने, भ्रष्टाचार,नातावाद कृपावादका सुनेका कुराका बारेमा विरोध गर्ने जस्ता विषय हुन्थे। कम्यूनिष्ट पार्टीले निकालेका पर्चा, पामप्लेट,ससाना पुस्तिका,झापा आन्दोलनका बारेमा लेखिएका पुस्तिका,छिन्ताङ हत्याकाण्ड,पिस्कर,रत्नकुमार वान्तवा हत्याकाण्ड आदि पञ्चायति व्यवस्थाले गरेका हत्याकाण्डका बारेमा प्रकाशित पुस्तिकाहरु,पर्चा आदि लुकेर पढ्ने र छलफल गर्ने गरिन्थ्यो । पहुँच पुगेको बेला राल्फाली समुहका गीतहरु सुन्थ्यौ,एउटा छुट्टै आनन्द आउँनका साथै मन भित्र विद्रोह हुन्थ्यो,देश वर्वाद पार्ने पञ्चायति व्यवस्था मात्र हो । मलाई भित्र सँधै लाग्थ्यो देशमा गणतन्त्र स्थापना भई यि कम्युनिष्ट पार्टी कुनै दिन सत्ताम पुगेको हेर्न पाए कस्तो हुन्थ्यो होला । एकदिन मैले यहि चासो राखे मेरा अग्रज एकजना राजनीतिकर्मि सँग,तर त्यहि समयमा वहाँले त्यसले कुनै फरक नपर्ने,देशमा विद्यमान विकृति,विसंगति,भ्रष्टाचार जस्ता कुरा नहट्ने,बरु झन मौलाउन सक्ने तर्फ इंगित गर्नु भयो र तत्कालीन सोभियत रुसको उदाहरण दिदै त्यहाँ भएका नेताहरुको विलासी जीवनसैलि,सामान्य नागरिक र नेताहरु विच रहेको विभेद आदिको चर्चा गर्नु भयो । मैले तत्काल प्रतिवाद त गरिन तर मलाई के लाग्यो भने भिन्न विचार भएकोले यसो भनिएको हुनुपर्दछ,मैले चिनेका र सुनेका कम्युनिष्ट पार्टीका सदस्यहरुले कदापि देश र जनताको भलाई छोडेर ब्यक्तिगत लाभमा हामफाल्न सक्दैनन् । तर आज सम्झिरहेछु,आज भन्दा चालीस बर्ष अगाडि वहाँले भनेको सत्य भयो र वहाँको त्यतिबेरको सोच साच्चै धेरै अगाडि रहेछ आज भोली महसुस गर्दै छु ।
आज सर्वहारा जनताको प्रतिनिधित्व गर्ने हसिया हतौडा अंकित झण्डा भएको पार्टीको नेतृत्वको सरकार छ,तर के देशमा रहेका सर्वहाराहरुको जीवनमा यो तीन वर्षमा केहि परिवर्तन आयो या आउने संकेत आयो ? प्रश्न गम्भीर छ । विगतमा सामन्ती र सोषककारुपमा भौतिक कार्वाहिमा परेकाहरु के आज यहि समयकालागि मरेका हुन ? अथवा अझ प्रष्ट संग भन्नेहो भने धर्मप्रसाद ढकाल र बुटन चौधरीहरु यहि समयकालागि बाधक थिए ? उनीहरु रहेकाभए पनि यो समय आउँदैनथ्यो होला ? उनीहरुको सफाया केकालागि ? त्यस्तै दशवर्ष सम्म हतियार सहित मुलुक परिवर्तनकालागि गरिएको जनविद्रोहको नेतृत्व गर्ने दल माओवादी केन्द्र तीन हप्ता अघि सम्म सत्तामा थियो । सो दलले अघि सारेका धेरै एजेण्डाहरु पुरा भएका छन जस्तैः राजतन्त्रको अन्त्य, संबिधान सभाबाट संबिधान, संघियता, मुलत आन्दोलन मार्फत हुनसक्ने परिवर्तनहरु यिनै हुन । यसका लागि धेरै नेपालीले शाहदत प्राप्त गरे, धेरैको घरबार उजाडियो, तर त्यो विगतको शसस्त्र जन विद्रोहको मुल उद्देश्य के थियो ? हामीले कति प्राप्त गर्यौं वा प्राप्त गर्ने अवसर तिर मुलुक गई रहेको छ ? गम्भिर विश्लेषण गर्ने बेला आएको छ । जनताले त दलहरुले आव्हान गरेकाबेला पुरा सहयोग गरेर बिद्रोहलाई एउटा निश्कर्षमा पु¥याएको छ । चाहे त्यो सडक विद्रोह होस वा शान्तिपूर्ण विद्रोह अथवा यसलाई यसरी भनौं कि विगतमा भएको गठजोड सरकारका कारण राजनैतिक स्थिरता भएन,सुशासन कायम हुन सकेन,विकासले गति लिन सकेन, भनेर जनताले एउटा दललाई स्पष्ट बहुमत दिए,यो पनि नागरिकको एप्रकारको शान्तिपूर्ण विद्रोह नै हो । अव शान्तिसुरक्षा,सुशासन,ब्यक्तिगत स्वतन्त्रता,देशको रक्षा,आर्थिक,भौतिक विकास,रोजगारी,शिक्षा,स्वास्थ्य जस्ता आधारभुत सेवासुविधा जस्ता कुराहरुको प्रत्याभुति सरकारले सुनिश्चित गर्ने हो न कि नागरिकले सडक आन्दोलन गर्ने । तर यता पट्टि सरकार जाँदै छ कि छैन भन्ने सवालमा निस्पक्ष रुपले हेर्ने हो भने, एउटा नागरिकका रुपमो भन्ने हो भने सरकार यि सबै बिषयमा आजसम्म चटपटाएको देखिदैन । गहिरा प्रश्नहरु धेरै छन,न कसैले उत्तर दिन चाहान्छ, न कसैले गम्भिर भएर गहन छलफल गर्छ, हरेक ब्यक्ति,संस्था ,दलहरु आ आफ्ना स्वार्थका पछाडि दगुरिरहेको भान हुन्छ । भनिने एउटा र गरिने अर्कै छ राजनीतिमा,देखिने एउटा र भित्री कुरा फरक छ अहिलेको राजनीतिमा,विराधाभास पूर्ण छ नेपालको राजनीति ।
यस पटक देखापरेको विश्वब्यापि स्वास्थ्य संकटमा पनि हाम्रो देशमा जुन घट्ना परिघट्नाहरु देखा पर,े यसले समग्र सरकार र राजनीति प्रति नागरिकको धारणा सकरात्मक रहेन । यत्रो विश्वव्यापि माहामारीमा सबैभन्दा बढी प्रताडित हुनेमा गरिव,निमुखा,मजदुर,किसान,तल्लो वर्गका नागरिक देखिए जवकि देशका तीनै तहमा हँसिया हथौडा अंकित झण्डा भएको कम्युनिष्ट पार्टीको सरकार छ । धेरै नागरिक भोक भोकै परे, तर हामी भोकै छौ भन्ने नागरिकप्रति सरकारले तमासा मात्र देखाएको भनेर कटाक्ष गरिरहयो,तर कहिल्यै नागरिक प्रति सम्बेदनशील भएर सोच्न सकेन वा चाहेन ।
हाम्रो देशमा लामो समय सम्म राजनीतिक अस्थिरता रहेका कारणले देशको समग्र भौतिक,सामाजिक विकास लगायत सुशासन अगाडि बढ्न नसकेको हो भन्ने निक्र्यौल निकाले र एउटा राजनैतिक दललाई बहुमत दिए, तर बहुमत प्राप्त दलले देखाएको वा देखाईरहेको तमशा हाम्रो आँखा अगाडि छर्लङ्घ छ,यहाँ धेरै व्याख्या गर्न जरुरी छैन । देशमा सुशासन,भ्रष्टचार,विकासका तथा नागरिकका अरु कैयौं आवश्यक्तालाई एकातिर पन्छाएर आफुलाई नेता मान्नेहरु कुन हदसम्म गालीगलौचमा उत्रिएका छन भन्ने कुरा यहाँ उल्लेख गरिरहन जरुरी छैन,सामान्य समकालिन राजनीतिमा चासो राख्नेहरुलाई प्रष्ट छ। अहिलेको यो अवस्था देख्दा त नेपालको राजनीति केटाकेटीको खेल झै लाग्छ ।
यसरी आजको परिस्थिति देख्दा अव हाम्रो गन्तब्य के हो र कता हो भन्ने सबै नागरिकले गहिरिएर सोच्न जरुरी देखिन्छ ।