सडकमा रोपाईँ सकिएपछि वडा अध्यक्षको वकपत्र

सडकमा रोपाईँ सकिएपछि वडा अध्यक्षको वकपत्र


सुवास स्याङ्बो रोङ गाउँपालिका ६ का वडा अध्यक्ष हुन् । असार १५मा किसानहरुले हर्कटेवाट उनको वडा समेत छुदै झापा पुग्ने सडकको तारगाउँ खण्डमको हिलाम्य सडकमा धान रोपे । सडक रोपाइको त्यो दृष्यबाट गम्भिर बनेका स्याङ्बोका विचार यहाँ जस्ताको तस्तै प्रस्तुत गरिन्छ ।
यो दृश्य हर्कटेबाट झापा झर्ने सडकको सूर्योदय ६ को तारगाउँ खण्ड हो। असार १५ मा देखिने यस्ता दृष्यसंगै हामी हेर्न बाध्य छौ एक सय मिटर अग्लो भ्यूटावर, पालले छोपिएको रेल, सर्प पालन,रेलवे ठेक्का हतारो आदि आदिे । रेलवेको ठेक्कामा देखाएको हतार हाम्रो यी सडकमा पनि देखाउदा के होला सरकार?
किसानलाई आफ्नो उत्पादन ढुवानीमा परेको समस्यामा दुःखी छौ।समाधानको लागि प्रयास हिजोको दिनमा पनि गरेका थियौ र तत्काल पनि गर्ने प्रतिबद्धता छ।
यो समस्यामा आवेगमा नआई विवेक प्रयोग गरी प्रदेश र केन्द्र सरकार सघं सहकार्यको लागि निरन्तर रोङगाउपालिका लाग्ने प्रतिबद्धता पनि गर्दछौ।
ूभनिन्छ ‘बादरको हतारले मकै पाक्दैन’ । सत्य त्यही हो। कालोपत्रे सडकमा कृषि उत्पादन सहज ढुवानी भएको हेर्ने ठूलो इच्छा छ तर हाम्रो इच्छा केवल बादरको हतार मात्र रहेछ। हर्कटे रम्भ्याङ्ग झापा सडक को डिपिआर र आइइइ सम्पुर्ण तयार गरि प्रदेश र केन्द्रिय सरकार समक्ष माग गरेको पनि धेरै भयो तर यो योजना प्राथमिकतामा कहिले परेन।
यो सडक खण्ड पुर्व प्रधानमन्त्री तथा पुर्व पार्टी अध्यक्ष (एमाले) र हाल वगठित प्रतिनिधि सभा सदस्य मान्य श्री झलनाथ खनाल र प्रदेश सभा सदस्य मान्य श्री काजिमान कागतेको निर्वाचन क्षेत्र हो। यो सडक सबैभन्दा महङ्गो टेक्नोलोजि बाट कालोपत्रे बनाउदा पनि करिब ८० करोडको लागतमा सम्पन्न हुन्छ।
यस सडक खण्डको किसानले दैनिक लाखौं केजि चिया तथा कफि,दैनिक हजारौ थान हरियो काक्रा ,दैनिक दशौ पिकअप स्कुसको मुन्टा, दैनिक १० हजार लिटर दुध,लाखौ मन अलैंची लगायतको कृषि उत्पादन गरि देश लाई आत्मनिर्भर र व्पर घाटा कम गर्न दिन रात मेहेनत गरिरहन्छन।
किसानले आफ्नोलागि मात्र गरेका होइनन,देशको यो सिङ्गो ब्यवस्था थाम्न समेतको लागि मेहेनत गरेका हुन।स्टेज र टेलिभिजनमा ठुलो ठुलो स्वरमा रास्ट्रवादको कुरा सुन्दा दया लागेर आउछ।तिनीहरुको रास्ट्रवाद भन्दा हजारौ गुणा धेरै रास्ट्र प्रेम किसानमा देख्छु।नुन देखि सुन,महङ्गो महङ्गो बिदेशी बिलासी सामान प्रयोग गर्ने हरुले धेरै कुरा किसान सङ्ग सिक्न जरुरी छ।
एउटा १०० मिटर उचाईको भ्युटावर निर्माण गर्न २ अर्ब ७२ करोड छुटिएको छ । तर, हामी प्रकृतिले निशुल्क दिएको १८३० मिटरको अग्लो भ्यू पोइन्टहरुबाट एकसय मिटर अग्लो दमकको भ्युटावर हेर्न बाध्य छौ।
सघन शहरी बिकासको नाममा प्लटिङ्ग, प्राइभेट चियाबारीमा कालोपत्रेको लागि एउटा नगरमा १००० करोड भन्दा माथिको लगानी गरेको हेर्न बाध्य छौ।
औषधी प्रयोजनको लागि ७२ करोडमा सर्प पालनको लागि बजेट बिनियोजनको समचार सुन्न बाध्य छौ।
नियुनतम खरिद ऎनको प्रक्रिया समेत पुरा नगरि रेलवेको हजारौ करोडको ठेक्का हतार हतार लगाउदा सर्बोच्चले ठेक्का बदर गरेको समचार सुन्न बाध्य छौ।
रेलवेय नै तयार नगरि अरबौको रेल खरिद गरि पालले छोपेर राखेको तस्बिर हेर्न बाध्य छौ।
देशमा आज प्रतिब्यक्ति ५० हजारको हाराहारीमा ॠण पुगेको छ।हरेक नेपालीको टाउकोमा भार बोकाएर बनाउने बजेट कार्यक्रम दवाव, प्रभाव,नातावाद,राजनैतिक वभिेदबाट प्रभावित भएर बनाएको देखिन्छ। अझै सुधार्नको लागि समय छ।,कोशिश गर्नु होस।प्राथमिकता निर्धारणमा बिशेष ध्यान पुराईयोस।सम्पुर्ण निति निर्माण तहमा रहनु हुने आदरणीय महानुभाव लाई मेरो अनुरोध मात्रै ।