राजनैतिक अस्तिरता र हाम्रो भूमिका

राजनैतिक अस्तिरता र हाम्रो भूमिका


अहिले हाम्रो देशमा एकाएक राजनैतिक संक्रमणकालको अवस्था देखिएको छ । प्रजातन्त्र, स्वतन्त्रता, राष्ट्रिय स्वाधिनता तथा मानवअधिकारसँगै मुलुकको भौतिक विकासका लागि राजनैतिक स्थिरता अपरिहार्य सर्त हो । यसैका लागि नागरिकहरूले लामो समयदेखि मुलुकमा भएको विभिन्न आन्दोलनहरूमा सक्रिय रुपमा भाग लिएर धेरैले बलिदान गरेको थुप्रै उदाहरणहरू छन् ।
देशमा राजतन्त्र विद्यमान रहेको बेला एउटा परिवारको मात्र राजनीतिमा हालीमुहाली भयो, जनताहरुले आफ्नो मौलिक हक अधिकारबाट बञ्चित रहनु पर्यो भनेर लामो समयदेखि राजतन्त्रको विरुद्धमा आन्दोलनमा लागिरहे र अन्ततोगत्वा २०६२÷६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य भयो । जन प्रतिनिधिहरुबाट संविधान बनाउन संविधानसभाको चुनाव भयो, गणतान्त्रिक संविधान बन्यो र लागू भयो र आमनिर्वाचन सम्पन्न भयो । निर्वाचन प्रजातन्त्रको मेरुदण्ड हो, नागरिकहरूले आफ्ना प्रतिनिधिहरु छानेर पठाए । लामो समयसम्म राजनैतिक अस्थिरतामा रुमल्लिरहेका नागरिकहरूको मनमा अब चाहिँ देशले राजनीतिक रूपमा निकास पायो, अब देशमा राजनैतिक स्थिरता रहन्छ र सामाजिक, आर्थिक, भौतिक शैक्षिक जस्ता सबै क्षेत्रमा परिवर्तन आउला, राष्ट्रमा सुशासन कायम रहला भनेर कल्पना गरिरहेको बेलामा फेरि मुलुक एकपल्ट राजनीति अस्थिरतामा धकेलीएको छ । राज्यका तीनवटै अङ्गहरु कार्यपालिका ,व्यवस्थापिका र न्यायपालिका अस्त ब्यस्त छन् । यसको कारण खोज्न हरेक सचेत नागरिकहरूलाई जरुरी छ , अब यस्तो लाग्छ राजनीतिमा लागेका राजनैतिक कार्यकर्ताहरुले मात्र यसको निकास खोज्न सक्दैनन अथवा चाहँदैनन्, अहिलेको परिस्थिति हेर्दा लाग्छ राजनीतिमा लागेका नेता तथा कार्यकर्ताहरुलाइ यहि वातावरण नै ठिक लागि रहेको छ । राजनीतिमा लागेकाहरुलाई पानी धमिलो भए माछा मार्न सजिलो हुन्छ भन्ने धारणाले जरा गाडेको छ, त्यसकारण अब सबै सचेत नागरिकहरुले बस्तुनिष्ट भएर देश र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर, पक्ष विपक्षमा विभाजित नभइकन, राष्ट्रिय हितका लागि बहस गर्न जरुरी छ ।
किन हाम्रो देशमा राजनीतिक स्थिरता कहिल्यै हुन सकेन । मलाई लाग्छ हामीले राजनीतिक प्रणाली र पात्र मात्र फेर्न सक्यौं तर प्रवृत्ति र प्रस्तुति समयानुकूल परिमार्जन गर्न सकेनौं । राजनीतिले प्रत्यक्ष वा परोक्ष रुपमा देशका हरेक क्षेत्रमा प्रभाव पारिरहेको हुन्छ, यही राजनीतिमा एउटा समूहले मात्र नियन्त्रणमा लियो अथवा एउटा समूहको हालीमुहाली चल्यो भलै व्यक्ति विभिन्न दलबाट प्रतिनिधित्व गरेका हुन,तर उनीरुको सिकाइ उस्तै रहयो, राजनीतिलाई हेर्ने दृष्टिकोण समान रह्यो । राजनीतिमा विचार भन्दा व्यक्ति हावी भयो । बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएपश्चात् राजनितीको मुलधारमा देखापरेकाहरुको हाल सम्म पनि राजनैतिमा बर्चस्व कायम नै छ ।
उदाहरणका लागि नेकपाका के पि ओली, माधवकुमार नेपाल, शुभाष नेम्वाङ, झलनाथ खनाल आदि, नेपाली कांग्रेसका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, अन्य दलहरुबाट महन्त ठाकुर आदि, विचमा एक दुई पटक ब्यवस्थापिका संसदमा प्रतिनिधि नभए पनि यो ३० वर्षको समयावधिमा धेरै जसो प्रतिनिधित्व वहाँहरुले नै गरीरहनु भएको छ । त्यसपछि अस्तित्वमा देखापरेका नयाँ दलका नेताहरुको पनि प्रतिनिधित्व लामै समयसम्म भइसकेको छ । यहाँ प्रश्न उठ्छ वहाँहरुले जनताको समस्याहरुलाई के र कसरी व्यवस्थापिकामा उठाउनु भयो र किन जनताका समस्याहरु समाधान हुन सकेनन ? यस विषयमा छलफल न राजनैतिक दलहरुले गम्भिरतापूर्वक गरे,न त नागरिकले गर्न सके, सँधै चुनाव एउटा प्रतिनिधि छान्ने कर्मकाण्डी कार्यक्रम भन्दा माथि उठ्न नसक्नु हाम्रो दुर्भाग्य हो । कतिपय नेता त परीक्षणकालमा असफल भै सग्दा पनि हामीले चुनी रह्यौं, यो पनि हाम्रो कमि कमजोरी रहयो । हामीले चुनावको वास्तविक गहन अर्थ बुझ्न नसक्नु पनि हाम्रोलागि घातक भयो ।
अवका दिनमा हामीले चुनावद्वारा हामी हाम्रो भविष्य फेर्न सक्छौ, चुनाव निर्जिव हैन, चुनावभित्र आत्मा रहेको हुन्छ, हामी दलका कार्यकर्ता वा सदस्य मात्र हैनौं, दल भन्दा माथि देश र प्रजातन्त्र छ र चुनावले राष्ट्रको मुहार फेर्न सक्छ भन्ने सदविचार लीदै चुनावमा भागलिए मात्र यो समस्यावाट मुक्त हुन सकिन्छ ।

   राजनैतिक अस्तिरता र हाम्रो भूमिका

अहिले हाम्रो देशमा एकाएक राजनैतिक संक्रमणकालको अवस्था देखिएको छ । प्रजातन्त्र,स्वतन्त्रता, राष्ट्रिय स्वाधिनता तथा मानवअधिकार सँगै मुलुकको भौतिक विकासकालागि राजनैतिक स्थिरता अपरिहार्य सर्त हो । यसैका लागि नागरिकहरूले लामो समयदेखि मुलुकमा भएको विभिन्न आन्दोलनहरूमा सक्रिय रुपमा भाग लिएर धेरैले बलिदान गरेको थुप्रै उदाहरणहरू छन्। देशमा राजतन्त्र विद्यमान रहेको बेला एउटा परिवारको मात्र राजनीतिमा हालीमुहाली भयो,जनताहरुले आफ्नो मौलिक हक अधिकारबाट बन्चित रहनु पर्यो भनेर लामो समयदेखि राजतन्त्रको विरुद्धमा आन्दोलनमा लागिरहे र अन्ततोगत्वा २०६२र६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य भयो, जन प्रतिनिधिहरुबाट संविधान बनाउन संविधानसभाको चुनाव भयो,गणतान्त्रिक संविधान बन्यो र लागू भयो र आमनिर्वाचन सम्पन्न
भयो । निर्वाचन प्रजातन्त्रको मेरुदण्ड हो, नागरिकहरूले आफ्ना प्रतिनिधिहरु छानेर पठाए । लामो समयसम्म राजनैतिक अस्थिरतामा रुमल्लिरहेका नागरिकहरूको मनमा अबचाहिँ देशले राजनीतिकरूपमा निकास पायो, अब देशमा राजनैतिक स्थिरता रहन्छ र सामाजिक, आर्थिक, भौतिक शैक्षिक जस्ता सबै क्षेत्रमा परिवर्तन आउला, राष्ट्रमा सुशासन कायम रहला भनेर कल्पना गरिरहेको बेलामा फेरि मुलुक एकपल्ट राजनीति अस्थिरतामा धकेलीएको छ ।राज्यका तीनवटै अङ्गहरु कार्यपालिका ,व्यवस्थापिका र न्यायपालिका अस्त ब्यस्त छन् । यसको कारण खोज्न हरेक सचेत नागरिकहरूलाई जरुरी छ , अब यस्तो लाग्छ राजनीतिमा लागेका राजनैतिक कार्यकर्ताहरुले मात्र यसको निकास खोज्न सक्दैनन अथवा चाहँदैनन्, अहिलेको परिस्थिति हेर्दा लाग्छ राजनीतिमा लागेका नेता तथा कार्यकर्ताहरुलाइ यहि वातावरण नै ठिक लागिराखेको छ,अथवा छोटकरीमा यसो भन्न सकिन्छ कि राजनीतिमा लागेकाहरुलाई पानी धमिलो भए माछा मार्न सजिलो हुन्छ भन्ने धारणाले जरा गाडेको छ, त्यसकारण अब सबै सचेत नागरिकहरुले बस्तुनिष्ट भएर देश र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर, पक्ष विपक्षमा विभाजित नभइकन, राष्ट्रिय हितका लागि बहस गर्न जरुरी छ। किन हाम्रो देशमा राजनीतिक स्थिरता कहिल्यै हुन सकेन । मलाई लाग्छ हामीले राजनीतिक प्रणाली र पात्र मात्र फेर्न सक्यौं तर प्रवृत्ति र प्रस्तुति समयानुकूल परिमार्जन गर्न सकेनौं । राजनीतिले प्रत्यक्ष वा परोक्ष रुपमा देशका हरेक क्षेत्रमा प्रभाव पारिरहेको हुन्छ, यही राजनीतिमा एउटा समूहले मात्र नियन्त्रणमा लियो ९ कथलमष्अबतभ० अथवा एउटा समूहको हालीमुहाली चल्यो भलै व्यक्ति विभिन्न दलबाट प्रतिनिधित्व गरेका हुन,तर उनीरुको सिकाइ ९कअजययष्लिन० उस्तै रहयो, राजनीतिलाई हेर्ने दृष्टिकोण समान रह्यो । राजनीतिमा विचार भन्दा व्यक्ति हावी भयो । बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएपश्चात् राजनितीको मुलधारमा देखापरेकाहरुको हाल सम्म पनि राजनैतिमा बर्चस्व कायम नै छ । उदाहरणकालागि नेकपाका के पि ओली, माधवकुमार नेपाल,शुभाष नेम्वाङ, झलनाथ खनाल आदि,ने का का शेरबहादुर देउवा, रामचन्द्र पौडेल, अन्य दलहरुबाट महन्त ठाकुर आदि, विचमा एक दुई पटक ब्यवस्थापिका संसदमा प्रतिनिधि नभए पनि यो ३० वर्षको समयावधिमा धेरै जसो प्रतिनिधित्व वहाँहरुले नै गरीरहनु भएको छ । त्यसपछि अस्तित्वमा देखापरेका नयाँ दलका नेताहरुको पनि प्रतिनिधित्व लामै समयसम्म भइसकेको छ, यहाँ प्रश्न उठ्छ वहाँहरुले जनताको समस्याहरुलाई के र कसरी व्यवस्थापिकामा उठाउनु भयो र किन जनताका समस्याहरु समाधान हुन सकेनन रु यस विषयमा छलफल न राजनैतिक दलहरुले गम्भिरतापूर्वक गरे,न त नागरिकले गर्न सके, सँधै चुनाव एउटा प्रतिनिधि छान्ने कर्मकाण्डी कार्यक्रम भन्दा माथि उठ्न नसक्नु हाम्रो दुर्भाग्य हो। कतिपय नेता त परीक्षणकालमा असफल भै सग्दा पनि हामीले चुनी रह्यौं, यो पनि हाम्रो कमि कमजोरी रहयो। हामीले चुनावको वास्तविक गहन अर्थ बुझ्न नसक्नु पनि हाम्रोलागि घातक भयो । अवका दिनमा हामीले चुनावद्वारा हामी हाम्रो भविष्य फेर्न सक्छौ, चुनाव निर्जिव हैन, चुनावभित्र आत्मा रहेको हुन्छ, हामी दलका कार्यकर्ता वा सदस्य मात्र हैनौं, दल भन्दा माथि देश र प्रजातन्त्र छ र चुनावले राष्ट्रको मुहार फेर्न सक्छ भन्ने सदविचार लीदै चुनावमा भागलिए मात्र यो समस्यावाट मुक्त हुन सकिन्छ।