नेपालको लोकतान्त्रीक आन्दोलनको अगुवा र नेतृत्वकर्ता पुरानो राजनैतिक दल नेपाली कांग्रेस हिरक वर्ष (७५ वर्ष ) मा प्रवेस गरे संगै १४ औं महाधिवेशन सम्पन्न गर्ने क्रममा छ । ९ लाख भन्दा बढी कृयाशिल सदस्य पुर्याएको नेपाली कांग्रेसले पुनर्संरचित राज्यको संरचना अनुरुप आफ्नो विधान संशोधन र परिमार्जन गरि ८ वटा तहगत संरचना बनाएको छ । पूर्ण समावेशिताका आधरमा व्यापक सहभागिता सुनिश्चित गरेको छ । यद्धपी यो अधिवेशनले पार्टिका आम शुभेच्छुक र कार्यकर्तामा आशाको संचार गरेर जोश , जागर र उत्साहको उर्जा प्रवाह गर्न सक्नु पार्छ ।
हाम्रो देशमा बारम्वार व्यवस्था ( राजनैतिक प्रणाली ) परिवर्तन भए पनि आम सर्वसाधारणको अवस्थामा अपेक्षित सुधार हुन नसक्दा राजनीतिकावबारे नयाँ पुस्तामा नकारात्मक धारणा विकसित हुँदै गएको छ, वितृष्ण र नैरास्यता बढ्दो छ । राजनैतिक क्षेत्रमा गलत असामाजिक सोचग्रस्त तत्व र अझ आपराधिक तत्व्को जबर्जस्त हस्तक्षेप बढ्दै जादा यो क्षेत्र चरमरुपमा विकृती र विसंगतिले ग्रसित बन्दै गएको छ । “मान्छे ब्रेडले होइन ब्रेनले सञ्चालित हुन्छ ।” भन्ने बिपिको पार्टी नेपाली कांग्रेसभित्रै “मनि र मसल्स” का साथै क्षेत्रीयता, साम्प्रदायिकता र लैङ्गिकता जस्ता सङ्किर्ण सोच हावी हुँदै जान थालेको छ । लामो समय देश, समाज र पार्टी योगदान गरेका अग्रजहरुको त्याग, निष्ठा , समर्पण र योगदानको सम्मान र ज्ञान तथा आनुभवबाट लाभ लिंदै जोश जागरयुक्त उर्जाशिल नवपुस्ताको क्षमताको समुचित उपयोग गर्न नसक्दा पार्टिले ठूलो नोक्सान व्यहोरिरहेको छ ।
नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधि केवल प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका मतदाता मात्र होइनन, महाधिवेशन प्रतिनिधि मध्येबाट मात्र चुनिने महासमिती सदस्य महासमिती बैठकका दर्शक र पार्टीको कार्यक्रमका शोभा मात्र होइनन – मुलरुपमा विचारका संवाहक साथै पार्टीका नीतिनिर्माता हुन । पार्टीका भित्र पार्टी बिगतको समीक्षा गर्ने र भावी नीति , रणनिती र कार्यक्रम निर्माण गर्ने निर्विकल्प ” फोरम ” केवल महाधिवेशन र महासमितिको बैठक मात्र हुन । महाधिवेशन भित्र प्रवेस पाउने महाधिवेशन प्रतिनिधि र महासमिती सदस्य मात्र हुन्छन भने महासमिती बैठकमा महासमिती सदस्यले मात्र सहभागी हुन पाउँछन् । त्यसैले पार्टीलाई सैद्धान्तिक रुपमा प्रतिवद्ध र वैचारिक तथा सांगठनिक रुपले सुदृढ एवं सक्षम बनाउन साथै सहि नेतृत्व स्थपित गर्न महाधिवेशन प्रतिनिधि र महासमिती सदस्य छनौटमै गम्भिरतापूर्वक विवेक पुर्याउनु पर्ने हुन्छ ।
पार्टीमा सैध्दान्तिक रुपले प्रतिवद्ध र त्यसप्रती निष्ठावान हुन पार्टीको सिध्दान्त , नीति, रणनिती, कार्यक्रम र त्यसको इतिहासका साथै प्रतिस्यर्धीहरुका विषयमा जानकार हुनै पर्छ । जसरी तालिमप्राप्त सेनाले कहिल्यै हार व्यहोर्नु पर्दैन त्यसरी नै सु – प्रशिक्षित एवं सक्षम पार्टी पङ्ती र सदस्यहरु भएको पार्टी मात्र हर मोर्चामा सबल र अपराजेय हुन सक्छ । नेपाली कांग्रेसमा सर्वत्र हर शुभेच्छुकहरुबाट पार्टीमा प्रशिक्षणको अभाव रहेको कारण प्रतिपक्षिले लाउने आरोप, चलाउने अनर्गल अफवाहहरुको सक्षम ढंगले प्रतिवाद गर्न नसकिएको , पार्टीका सहि नीति र कार्यक्रमहरुको बारेमा आम सर्वसाधारणणसम्म जानकारी पुर्याउन नसकिएको , ऐतिहासिक तथ्यहरु समेत तोडमरोड गरेर चलाइएका अफवाहहरुलाई समेत सहि रुपमा खण्डन गर्न नसक्दा पार्टी पङ्तिमै समेत भ्रम रहेको , सैध्दान्तिक ज्ञानको कमि र आफ्नो पार्टीको बारेमा पर्याप्त जानकारीको कमिका कारण सदस्यहरुको निष्ठा सबल र सुदृढ हुन नसकेको जस्ता कुरामा व्यापक चिन्ता व्यक्त गर्ने गरेको पाइन्छ । चिन्ताले पुर्याउने त चितामा मत्रै हो , समाधान त चिन्तनले मात्रै दिन्छ । यो बेला नेपस्ली कांग्रेस १४ औं महाधिवेशनको महा अभियानमा छ । विभिन्न तहका अधिवेशनहरु सम्पन्न हुने क्रममा छन । त्यसैले चिन्तन गर्ने र समाधान खोज्ने यो नै उपयुक्त बेला हो । सानो लापर्वाही र एक क्षणको भुलले सधैंकालागी पछुताउनु नपरोस भन्ने हो भने यो बेला सतर्क र गम्भीर बन्नै पर्छ ।
विधि , पद्धतिलाई बुझेर आत्मसात गर्न, सैद्धान्तिक निष्ठाप्रती प्रतिवद्ध र दृढ रहन, व्यक्तिको होइन बिधिको शासन – नेता होइन नीतिको सर्वोच्चतालाई आत्मसात गर्न सके निश्चय नै सबल , सक्षम , सुदृढ र एकतावद्ध संगठन निर्माण गर्न संभव हुन्छ । जसको आधार प्रशिक्षित पार्टी पङ्ती नै हो ।
जनजिविका र जनसरोकारलाई सम्बोधन गर्ने नीति निर्माण गर्न र आर्थिक सामाजिक रुपान्तरण गरि गतिशिल एवं अग्रगामी राजनैतिक लक्ष तथा स्थिरता हासिल गर्न पनि सचेत प्रतिनिधि र सक्षम नेतृत्वकै आवस्यक्ता पर्ने हुन्छ । हो व्यवहारिकता बिनाको कोरा सैध्दान्तिक पण्डित्याईं निरर्थक हुन्छ तर सैध्दान्तिक ज्ञान र समझ बिना व्यवहारिकताको झन कल्पना गर्न सकिँदैन । त्यसैले पहिलो प्राथमिकता समझ हो, सचेतता हो – जसका निम्ति पर्याप्त अध्ययन र प्रशिक्षण जरुरी छ ।
उपयुक्त समाधान के हो त ?
नेपाली कांग्रेसको विधानले केन्द्रीय तहमा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र अन्य विभिन्न समिती हरु , प्रदेश तहमा बिभागहरु र जिल्लामा शाखाहरुको व्यवस्था गरेको छ । त्यसमध्ये प्रशिक्षण सम्बन्धी सबै प्रतिष्ठान, बिभाग र शाखालाई विशेष महत्व प्रदान गर्दै त्यसको संयोजक भने उपसभापती मध्येबाटै हुनुपर्ने व्यवस्था गरेको छ, अन्यको हकमा सदस्य भए हुन्छ । यसबाट के बुझिन्छ भने उपसभापती सभापतिको अनुपस्थितिमा सभापतिको जिम्मेवारी निर्वाह गर्ने सहायक मात्र नभएर पार्टी प्रशिक्षणको जिम्मेवारीमा मूख्य जिम्मेवार पदाधिकारी हो । हामी सबैको गम्भीर चिन्ताको समाधान दिने पदाधिकारी हो । त्यसैले उपसभापतिलाई मतदान गर्दै गर्दा गम्भीर भएर सोचौं, विवेकशिल भएर सोचौं, गुट, लिङ्ग, समुदाय, क्षेत्र भन्दा माथी उठेर सोचौं , मात्रै नेपाली कांग्रेस र जिम्मेवार कांग्रेस भएर सोचौं हामी सबै कांग्रेसको गम्भीर चिन्ताको सहि र उपयुक्त समाधान यहि नै हो । कम्तिमा २ मध्ये १ उपसभापति प्रशिक्षणकालागी अनुभवी र दक्षलाई रोजौं ।