६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना सन्देश

६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना सन्देश

६७औं राष्ट्रिय सहकारी दिवस मुलनारा : सहकारीमा सुशासन ,प्रविधि र एकिकरण


सहकारीको भ्रम र यथार्थलाई सबैले बुझौं ,केही एकाध बाहेक ग्रामीण क्षेत्रमा रहेका समुदाय स्तरका सबै सहकारी संघ संस्थाहरु अत्यन्तै गतिशील र प्रभावकारी रुपमा संचालित छन। इलाम जिल्लामा ५५० वटा सहकारीहरु ,८५ हजार नागरिकहरु सदस्य र २०० करोड पुंजी परिचालित छ । सहकारी क्षेत्रले समाजको आर्थिक , सामाजिक र सांस्कृतिक रुपान्तरणमा अत्यान्तै ठुलो योगदान गरेको छ । गरिब, बिपन्न,निम्नआय भएका किसान, मजुदर , श्रमिक , कालीगड र बेरोजगार वर्ग आफै मालिक बन्ने व्यवसाय नै सहकारीता हो । यहि यथार्थलाई बुझौं । सहकारी जसका लागि उस‌ैको नेतृत्व हुन जरुरी छ। तल्लो बर्गलाई उकास्ने माद्याम नै सहकारीता हो । नेपालको संविधानले समाजवादको आधार सहकारी क्षेत्रलाई स्विकार गरेको छ ।
एकाध सहकारीको रकम अपचलन गर्ने ठगहरु र सहकारीको ऋण लिएर नतिर्ने प्रति राज्य र सहकारी अभियान निर्मम बनेर कार्यबाही तर्फ अगाडि बढ्नु पर्दछ।
यसर्थ ,
सबैले सहकारीको मर्म,मुल्य मान्यता र सिद्धान्त अनुसार सहकारी संचालन गरौं । सबै सहकारी संघसंस्था र सहकारी कर्मी महानुभावहरुलाई सहकारी दिवस २०८० को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

लिलाप्रसाद थापा
अध्यक्ष एवम
जिल्ला सहकारी संघ लि.इलाम