logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • स्थानीय तहमा उम्मेदवार बनेका व्यक्तिलाई कांग्रेसले टिकट नदिने

    https://nigranee.com/wp-content/uploads/2022/10/Nepali-Congress-Party-Office.jpg

    काठमाडौं : स्थानीय तहमा उम्मेदवार बनेका व्यक्तिलाई कांग्रसले आउँदो मंसिर ४ गते हुने निर्वाचनको टिकट नदिने भएको छ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनका विषयमा उक्त निर्णय गरेको हो।

    बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,‘हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको उम्मेदवार नबनाउने।’

    पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा सोमबार समितिको बैठक बसेको हो।

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फका उम्मेदवारको चयनका लागि विभिन्न आधार तथा मापदण्ड तय गरिएको छ।

    निर्णय अनुसार उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारका लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको सम्भावना समेतलाई आधार बनाएको पार्टीले जनाएको छ।

    यसअघि कारबाहीमा परेकालाई आगामी निर्वाचनमा खेल्ने भूमिकाका आधारमा थप निर्णय गर्ने विज्ञप्तिमा उल्लेख छ।

    TOP