logo
  • २०८३ श्रावण ७, बिहीबार | Thu, 23 Jul 2026
  • प्रेस युनियन इलामद्वारा ३४ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

    • निगरानी
    • २०८२ जेष्ठ २०, मंगलवार ००:०२ गते
    प्रेस युनियन इलामद्वारा ३४ औ स्थापना दिवसको अवसरमा  रक्तदान कार्यक्रम

    इलाम , जेठ १९ : नेपाल प्रेस युनियन जिल्ला शाखा इलामको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रेस युनियनको ३४ औ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार ( जेठ १९ ) गते जिल्ला अस्पताल इलाम परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । जेठ १३ गते युनियनको स्थापना दिवस हो । सोही अवसरमा युनियन इलाम शाखाले जिल्लामा पहिलोपटक रक्तदान कार्यक्रम आयोजना गरेको सचिव प्रकाश नेपालले बताउनु भयो ।

    जिल्ला अस्पताल इलामका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रभु शाहको प्रमुख आतिथ्यता र नेपाल प्रेस युनियन जिल्ला शाखा इलामको अध्यक्ष सविता पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल प्रेस युनियन इलामका सस्थापक सोम सुशेली , पुर्व अध्यक्ष बिप्लप भट्टराई , नेपाल प्रेस युनियन इलामका पुर्व सचिव समेत रहनु भएका इलाम नगरपालिकाका प्रबक्ता नुतनदेव दुलाल , इलाम नगरपालिका ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ , इलाम नगरपालिका ८ कि वडा सदस्य सोमकुमारी गुरुङ ,नेपाल रेडक्रस सोसाइटी इलामका उपाध्यक्ष रतन चौधरी , लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।


    जिल्ला अस्पताल इलाम र नेपाल रेडक्रस सोसाइटी इलामको समन्वयमा भएको हो ।पत्रकार , जनप्रतिनिधि , स्थानीयबासीले रक्त दान गरेका छ्न । पत्रकारले समाचार लेखन गर्ने , नागरिकलाई सुसूचित गर्ने , बाहेक सामाजिक सेवामा पनि लाग्न र रक्तदान गर्न आम नागरिकलाई प्रेरित गर्ने उदेश्यले सिम्बोलिक रूपमा कार्यक्रम आयोजना गरिएको युनियन इलाम अध्यक्ष सविता पाण्डेले बताउनु भएको छ ।
    एकले रक्तदान गर्दा अर्को एक जनाको जीवन बाच्ने भए पनि मानिसहरू विभिन्न भ्रम र सचेतनाको अभावमा रक्तदान गर्न नचाहने भएकोले आम नागरिकलाई रक्तदान गर्न प्रेरित गर्ने पाण्डेले बताउनु भयो । पत्रकार र पत्रकार जन्य सस्थाले जिल्ला नै पहिलो पटक रक्तदान कार्यक्रम गरेको पाण्डेको दाबी छ ।


    रक्तदानले मानिसको जीवन बाच्ने भएकोले दिनेलाई भन्दा लिने र उपचार गर्ने स्वास्थकर्मी लाई अझ महत्त्व हुने इलाम अस्पतालका प्रमुख प्रभु शाहले बताउनु भयो । सिम्बोलिक रक्तदान गरेकोमा युनियनलाई धन्यवाद दिदै शाहले आवश्यक परेको समयमा युनियनले फेरि पनि सहयोग गर्ने अपेक्षा रहेको शाहले बताउनु भयो । स्वास्थ राम्रो रहे बर्षमा २ पटक रक्तदान गर्न समस्या नहुने उहाँको भनाई छ ।
    पत्रकार , जनप्रतिनिधि र स्थानीयले रक्तदान गरेका थिए ।



    निगरानी    
  • २०८२ जेष्ठ २०, मंगलवार ००:०२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP