logo
  • २०८२ फाल्गुन २१, बिहीबार | Thu, 05 Mar 2026
  • नेपालटार मंगलबारे सडक सरसफाइ गर्न श्रमदान

    नेपालटार मंगलबारे सडक सरसफाइ गर्न श्रमदान


    इलाम , जेठ २४ : नेपालटार मंगलबारे सडक सरसफाइ गरिएको छ ।इलाम नगरपालिका वडा न.१ साखेजुङकाे आयाेजनामा शनिबार   श्रमदान बाट सडकको  नाली, पेटी र ड्रेन सरसफाइ गरिएको वडा अध्यक्ष गायत्रीराम बस्नेतले बताउनु भयो ।


    नेपालटार मंगलबारे सडककाे नेपालटार बजारबाट झुत्रेखाेला सम्मकाे भाग सफाइ गरिएको वडाअध्यक्ष बस्नेतले बताउनु भयो । सरसफाइ कार्यमा जनप्रतिनिधि , स्थानीयबासी लगायत १८० जनाकाे  सहभागिता रहेको जनाईएको छ । करिब १ लाख बराबरकाे श्रमदानबाट साे सडक खण्डकाे करीब ६० प्रतिशत  काम सम्पन्न भएको जनाइएको छ ।श्रमदान गर्न युनाइटेड टेनिङ सेन्टरका सञ्चालक गणेश राई लगायतका २५ जना सहभागी थिए  । 

    नेपालटार मंगलबारे सडकको अवस्था बिग्रदै गएको र बर्षादको समयमा अझै समस्या हुने भएकोले सरसफाइ गरिएको वडा अध्यक्ष बस्नेतले बताउनु भयो ।आगामी दिनहरूमा जनसहभागीतामा सरसफाई गरिने वडाको तयारी छ ।

    .



    निगरानी    
  • २०८२ जेष्ठ २४, शनिबार १७:२३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP