logo
  • २०८२ चैत्र १९, बिहीबार | Thu, 02 Apr 2026
  • जुुविलेन्ट इलाइटद्वारा दुई विद्यार्थीलाई नगद सहित सम्मान

    जुुविलेन्ट इलाइटद्वारा दुई विद्यार्थीलाई नगद सहित सम्मान


    इलाम , १३ मंसिर :

    जुुविलेन्ट इलाइट एकाडेमीले दुई जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । कक्षा ११ मा अध्ययन गर्न आएका नव आगन्तुुक विद्यार्थीहरुलाई स्वागत गर्न गत शुक्रबार आयोजना गरिएको कार्यक्रमको अवसरमा विज्ञान सङकायबाट कक्षा १२ को वोर्ड परीक्षामा उत्कृष्ट परिणाम ल्याउने विद्यार्थीलाई सम्मान पनि गरियो । निशान्त श्रेष्ठले ३ दशमलव ९२ जिपिए सहित जिल्ला प्रथम भई कोशी प्रदेशमा विज्ञान सङकायबाट दोस्रो र  देशभरमा विज्ञान सङकायमा चौथो स्थान बनाउन  सफल भएकोमा नगद एक लाख रुपैया प्रदान गरिएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।
    यसैगरी  इलाम जिल्लाको परिणाममा विज्ञान सङकायबाट दोस्रो स्थानमा पुग्न  सफल भएका विद्यार्थी  प्रशन्न घिमिरेलाई नगद २५ हजार रुपैया सहित सम्मान गरिएको छ । उनले ३ दशमलव ७८ प्राप्त गरेका थिए ।


    विद्यार्थीको  भविष्यको पढाइ प्रति थप हौसला प्रदान गर्नका लागि र अन्य विद्यार्थीहरुलाई पनि परिश्रमको फल मिठो हुुनेछ भन्ने सिकाउनका लागि सम्मान गरिएको प्रिन्सिपल  भुषान्त सुब्बाले बताउनु भयो । विद्यार्थीहरुमा विज्ञान विषयप्रति अभिरुचि जगाउनका लागि विद्यालयले दुुवै विद्यार्थीलाई सम्मान गरेको उहाँको भनाइ छ ।
    इलाम जिल्लाको शैक्षिक इतिहासमा महत्वपूर्ण उपलब्धि जोड्दै विज्ञान संकाय स्थापना कालकै प्रथम भर्ना समूहबाट उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
      जिल्लाको शैक्षिक उन्नयनका लागि यस विद्यालयले नीजिस्तरमा विज्ञान सङकायबाट कक्षा ११/१२ को अध्ययन सुरु गरि  विद्यार्थीहरुमा पढ्ने वातावरण तयार गर्दै हौसला प्रधान गर्न यस्यो कार्यक्रम गरिएको जनाइएको छ । शिक्षालाई ब्यापारको रुपमा संचालन गर्ने गरेको आरोप निजि  विद्यालयलाई लाग्ने भए पनि ती कुरालाई चिर्न यस्ता कुराले सघाउ पुर्याउने देखिन्छ ।
    कार्यक्रमको अध्यक्षता  विद्यालयका निर्देशक  दिपराज आङदेम्बेले गर्नुुभएको थियो । कार्यक्रममा  विद्यालयका प्रिन्सिपल, कोओर्डिनेटर, शिक्षक – शिक्षिका, अभिभावक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।गत बाल दिवसको दिन सम्मान गर्ने विद्यालयको तयारी भए पनि इलाम भएको  विपत्तको कारण  कार्यक्रम सारिएको थियोे ।  कार्यक्रमकै अवसर पारेर विज्ञान संका, कक्षा–११ का नव–आगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम समेत गरेको छ ।



    निगरानी    
  • २०८२ मंसिर १३, शनिबार ११:५१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP