logo
  • २०८२ पुष ३०, बुधबार | Wed, 14 Jan 2026
  • वित्तिय सवलीकरण र सदस्यको क्षमता विकासमा केन्द्रित नेसनल लघुवित्त

    वित्तिय सवलीकरण र सदस्यको क्षमता विकासमा केन्द्रित नेसनल लघुवित्त


    इलामः नेपालको माइक्रोफाइनान्स क्षेत्रमा ‘राष्ट्रिय स्तर’को पहिचान बनाएको नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेवालाई थप आक्रामक र प्रविधिमैत्री बनाउँदै लगेको छ ।
    संस्थाले वित्तिय कारोबारसंगै आफ्ना सदस्यहरुलाई व्यवसायीक र सचेतनामुलक तालिमहरु सञ्चालन गरिरहेको संस्थाले जनाएको छ ।
    सस्थाका अनुगमन अधिकृत पृथ सिंह खत्रीले देशभर सदस्य कृषकहरुको रुची र माग अनुसारका व्यवसायीक तालिम समेत प्रदान गर्दे आएको बताए ।
    संस्थाको रोङ गाउँपालिका स्थित कोल्बुङमा रहेको शाखाले बुधबार आयोजना गरेको एक दिवसीय व्यवसायीक तरकारी खेती तालिमका अवसरमा सूर्योदय नगरपालिका ६ का वडा अध्यक्ष सिव कुमार बस्नेतले वित्तिय संस्थाहरुले वित्तिय कारोबार र किसानलाई व्यवसायी बनाउन गरेको प्रयास महत्वपुर्ण रहेको बताए । उनले कर्जा लिएर उदेश्यमा नै खर्च गरेमा संवृद्धिमा सहयोग पुग्ने बताए । उनले वित्तिय संस्था विरुद्ध उठिरहेको आवाजमा कुनै दम नभएको भन्दै राजिखुशी लिएको कर्जा भुक्तानी गर्नुको विकल्प नरहेको बताए ।


    अध्यक्ष बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सस्थाका पशुपतिनगर शाखा प्रमुख मनोज अधिकारीले संस्थाको उदेश्य ग्रामीण क्षेत्रका नागरिकको वित्तिय अवस्थालाई माथी उठाउनु रहेको बताए ।
    कोल्बुङ शाखा प्रमुख टेकनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ४० भन्दा बढि महिला सदस्यको सहभागिता रहेको थियो । शाखाले ग्रामीण महिलाहरुलाई लक्षित गरेर निरन्तर तालिम सञ्चालन गर्ने योजना बनाएको बताए ।
    सूर्योदय नगर उद्योग वाणिज्य संघका महासचिव तोयानाथ भट्टराईले तालिम प्राप्त गरेपछि त्यसलाई संवृद्धिसंग जोड्नु पर्ने बताए । उनले कर्जा दिएपछि त्यसलाई सहि ठाँउमा प्रयोग गरेमात्रै कृषकको जिवनमा संवृद्धिको घाम लाग्ने बताए ।
    प्रतिष्ठित वाणिज्य बैंकहरू र वित्तीय क्षेत्रका दिग्गजहरूको लगानीमा स्थापित यो संस्थाले १० वर्षको छोटो अवधिमै नेपालको वित्तीय बजारमा एक भरपर्दो ब्रान्डको रूपमा आफूलाई उभ्याएको छ ।
    संस्थाको आधिकारिक तथ्याङ्क अनुसार, नेसनल लघुवित्तले मर्जर र आन्तरिक विस्तारमार्फत आफ्नो सञ्जाललाई निकै बलियो बनाएको छ ।


    संस्थाले हाल देशका ७ प्रदेशका ७द्ध भन्दा बढी जिल्लाहरूमा आफ्नो उपस्थिति जनाएको छ । यसका १८५ शाखाहरू मार्फत ग्रामीण क्षेत्रका कुना–काप्चासम्म सेवा पुगेको छ ।
    संस्थामा हाल २ लाख ५४ हजार भन्दा बढी सदस्यहरू आबद्ध छन् भने १ लाख २३ हजार भन्दा बढी ऋणीहरूले प्रत्यक्ष वित्तीय लाभ लिइरहेका छन् ।
    संस्थाको निक्षेप र कर्जा प्रवाहको अनुपात सन्तुलित छ, जसले यसलाई ’घ’ वर्गका वित्तीय संस्थाहरूमध्ये एक मजबुत संस्थाको रूपमा स्थापित गरेको छ ।
    संस्थाले ग्राहकको आवश्यकता अनुसार परिमार्जित सेवाहरू प्रदान गर्दै आएको छ । संस्थाले कर्जा कारोबार गर्ने सदस्यको मृत्यु भएमा कर्जा रकमको १०० देखि २०० प्रतिशत क्षतिपुर्ती र कृया खर्च उपलव्ध गराउँदै आएको छ । संस्थाले सदस्य सुत्केरी हुँदा दुई हजार पाँच सय रुपयाँ सम्म उपलव्ध गराउने गरेको छ भने प्राकृतीक प्रकोपमा समेत सदस्यलाई राहत उपलव्ध गराउदै आएको अनुगमन अधिकृत खत्रीले जानकारी दिए ।
    संस्थाले समूह बचत, व्यक्तिगत बचत, विशेष बचत र पेन्सन बचत जस्ता योजनाहरूले सदस्यहरूमा बचत गर्ने बानीको विकास गरेको सूर्योदय नगरपालिका वाड न ६ कि सदस्य राधिका घिमिरेले बताइन् ।
    सस्थाले लघु उद्यम कर्जा, कृषि तथा पशुपालन कर्जा, वैदेशिक रोजगार कर्जा र आपतकालीन कर्जा जस्ता सुविधाहरू विना धितो र सरल प्रक्रियाबाट उपलब्ध गराउँदै आएको जनाएको छ ।
    संस्थाले ई बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्युआर कोड मार्फत भुक्तानी जस्ता आधुनिक सुविधाहरूलाई प्राथमिकता दिएको जनाएको छ ।


    सस्थाले वित्तीय साक्षरता, सीपमूलक तालिम, र स्वास्थ्य शिविर जस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले सदस्यहरूको जीवनस्तर उकास्न मद्दत पु¥याएको दावी गरेको छ ।
    २०७१ साल जेठ २८ मा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेको संस्थाले “सबैका लागि वित्तीय पहुँच” भन्ने नारालाई सार्थक बनाउँदै आएको छ। संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहेको छ भने यसले आफ्नो सेवालाई पूर्ण डिजिटल बनाउने लक्ष्य राखेको छ ।
    संस्थाले हालैका वर्षहरूमा ग्राहकको अपेक्षालाई सम्बोधन गर्न एकद्वार वित्तीय प्रणाली लागू गरेको छ । यसले गर्दा सदस्यहरूले एउटै छानामुनिबाट बचत, कर्जा, बीमा र रेमिट्यान्सको सुविधा प्राप्त गरिरहेका छन् ।



    निगरानी    
  • २०८२ पुष ३, बिहीबार ११:०० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP