logo
  • २०८३ बैशाख २६, शनिबार | Sat, 09 May 2026
  • इलाममा माघ २५ देखि एचपिभी खोप अभियान

    इलाममा  माघ २५ देखि एचपिभी खोप अभियान

    इलाम २२ माघ:इलाममा एचपिभि खोप अभियान आगामी  माघ २५ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ ।
    जिल्लामा  पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप लगाउने लक्ष्यित समूह २ हजार १४३ जना रहेकोे स्वास्थ कार्यलय इलामले बिहीबार आयोजना गरेको पत्रकार संग अन्तर्किया कार्यक्रममा जानकारी दिएको हो ।
    उमेरसमुहका  कोही पनि  नछुटुन् भन्ने उद्देश्यसहित स्वास्थ्य कार्यालय इलामले सरोकारवाला सङ विभिन्न चरणमा अभिमुखीकरण तथा अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ ।

    जिल्लाका दशै पालिकाका शिक्षा तथा स्वास्थ्य शाखाका प्रमुख एवं प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको स्वास्थ कार्यलय इलामका खोप निरीक्षक गंगाधर पण्डितले बताउनुभयो ।

    अभियान अन्तर्गत विद्यालय तथा स्वास्थ्य संस्था मार्फत खोप प्रदान गरिने छ ।जिल्लाम ३ सय ३९ खोप केन्द्र निर्धारण गरिएको छ । खोप अभियान कार्यक्रममा ३ सय ३९ जना स्वयंसेवक परिचालन गरिएको छ भने १ सय १६ जना अनुगमनकर्ता तोकिएको छ । 
    गत बर्ष इलाम जिल्लामा एचपिभि खोप अभियानमा  ९ हजार ६ सय ८९ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी ९ हजार ६ सय ९८ जनाले खोप लगाएको स्वास्थ कार्यलयको तथ्यांक रहेको छ । विगतका अभियान सफलता पुर्वक सम्पन्न  भएकाले यस वर्ष पनि उच्च सहभागिता हुने  अपेक्षा रहेको  स्वास्थ्य कार्यालय इलामका खोप निरीक्षक गंगाधर पण्डितले बताउनुभयो ।

    एचपिभि खोप पाठेघरको मुखको क्यान्सर गराउने भाइरसबाट बचाउन लगाइने खोप हो ।  पाठेघरको मुखको  क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरहरू मध्ये एक हो ।
    एचपीभी खोप समयमै  लगाएर धेरै हदसम्म क्यान्सर रोक्न सकिने चिकित्सकहरु बताउछन् । यो खोप मुख्यत १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लगाइन्छ । यौन सम्पर्क सुरु हुनु अघि लगाइएमा खोप अझ प्रभावकारी हुने चिकित्सकहरूको भनाई छ । एचपिभि खोप सुरक्षित, प्रभावकारी र विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ ) ले सिफारिस गरेको खोप हो । यसले भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम उल्लेख्य रूपमा घटाउने विश्वास गरिएको छ ।स्वास्थ्य कार्यालय इलामले   सरोकारवालाहरूलाई खोप अभियानमा सहयोग गर्न अनुरोध समेत गरेको छ ।



    निगरानी    
  • २०८२ माघ २२, बिहीबार १७:५४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP