logo
  • २०८३ जेष्ठ ११, सोमबार | Mon, 25 May 2026
  • ‘हाङयुगजुनिता राष्ट्रिय पुरस्कार’ साहित्यकार सुन्दर कुरुपलाई प्रदान गरिने

    ‘हाङयुगजुनिता राष्ट्रिय पुरस्कार’ साहित्यकार सुन्दर  कुरुपलाई प्रदान गरिने

    इलाम , २ बैशाख :‘हाङयुगजुनिता राष्ट्रिय पुरस्कार’ गजलकार, कवि तथा कथाकार सुन्दर कुरुप (सुन्दर कुमार लावती) लाई प्रदान गरिने भएको छ ।इलाममा रहेको  हाङयुगजुनिता फाउन्डेसनले यसै  वर्षदेखि पुरस्कार प्रदान गर्न सुरु गरेको हो । फाउन्डेसनले प्रेस विज्ञप्ति मार्फत पहिलो संस्करणको पुरस्कार कुरुपलाई प्रदान गर्ने घोषणा गरेको छ । कुरुपलाई नगद ५० हजार रुपैयाासहित सम्मान गरिने जनाईएको छ।

    यहीँ  वैशाख १८ र १९ गत इलाममा हुन लागेको ‘इलाम साहित्य महोत्सव’ उद्घाटन समारोहमा  पुरस्कार बितरण गर्ने जनाईएको छ ।
    फाउन्डेसनले प्रत्येक वर्ष साहित्य, कला, संगीत, पत्रकारिता, स्वास्थ्य, शिक्षा तथा खेलकुदलगायत विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई नगद ५० हजार रुपैयाासहित सम्मान गर्ने निर्णय गरेको फाउन्डेसनका अध्यक्ष हाङयुग अज्ञातले बताउनु भएको छ ।
    इलामको चुलाचुलीस्थित  हात्तीलेखा क्षेत्रमा बसोबास गर्दै आउनु भएका  सुन्दर कुरुपले कविता , गजल र कथा  मार्फत योगदान पुर्याउदै आउनु भएको छ ।



    निगरानी    
  • २०८३ बैशाख २, बुधबार १२:४४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP