logo
  • २०८३ जेष्ठ १, शुक्रबार | Fri, 15 May 2026
  • यूएईको दुबईमा भएको बस दुर्घटनामा परि ६ जना नेपाली नागरिकको मृत्यु

    • निगरानी
    • २०७६ आश्विन १४, मंगलवार ११:०२ गते
    यूएईको दुबईमा भएको बस दुर्घटनामा परि ६ जना नेपाली नागरिकको मृत्यु

    यूएई / यूएईको दुबईमा भएको बस दुर्घटनामा परि ६ जना नेपाली नागरिकको ज्या-न गएको छ । ज्यान जानेमा रमेश चौधरी(धनकुटा), दानबहादुर सत्याल (सर्लाही), कृष्णबहादुर पुन मगर(पाल्पा), नारायणप्रसाद पोख्रेल (नवलपरासी), दीपक विक (धरान), नयराम साउद (कैलाली) रहेका छन् । दुर्घटनामा परेर नेपाली नागरिकको ज्या-न गएको जानकारी पाएपछि आबुधाबीमा रहेको नेपाली दुतावासले दुस्ख ब्यक्त गर्दै आवश्यक प्रकृया अगाडि बढाएको जनाएको छ ।

    फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा सेक्युरिटी कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्या-न गएको हो । जस्मा पाँच जना घाइते भएका थिए । घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक रहेको बताइएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    दुर्घटनाका क्रममा ट्रकसँग ठोक्किएको मिनीबस पुरै क्षतिग्रस्त भएको छ। मृ तक र घाइतेहरूलाई उद्धार गरेर स्थानीय रसिद अस्पताल लगिएको थियो। दुर्घटनामा परेको मिनीबसले १३ जना यात्रु बोकेको थियो। घाइतेहरूको रशिद अस्पतालको इमरजेन्सी वार्डमा राखेर उपचार भइरहेको छ ।



    निगरानी    
  • २०७६ आश्विन १४, मंगलवार ११:०२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP