logo
  • २०८३ भाद्र १९, शुक्रबार | Fri, 04 Sep 2026
  • इलामको साँखेजुङ स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु , स्थानीयलाई सहज

    • निगरानी
    • २०८३ बैशाख १०, बिहीबार २०:३० गते
    इलामको साँखेजुङ स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु , स्थानीयलाई सहज

    सविता पाण्डे , इलाम , बैशाख १० :

    इलाम नगरपालिकाले वडा नम्बर एक साँखेजुङमा रहेको स्वास्थ्य चौकीमा ल्याव सेवा संचालनमा ल्याएको छ । 
    नेपाल सरकारबाट अनुदान प्राप्त ६ लाख बराबरको ल्यावमा उपकरण जडान गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
    जस अन्तर्गत माइक्रोस्कोप, हट एयर ओभन, वाटर वाथ लगायतका उपकरण जडान गरिएको छ । यस्तै ल्याव संचालनका लागि अनुभवी एक कर्मचारी समेत नगरले व्यवस्थापन गरेको छ । ल्यावमा सामान्यतया विरामीको रगत परिक्षण , मृगौला परिक्षण, जण्डीस, खकार, दिसा पीसाव परीक्षण हुने भएको छ ।


    विहिबार नगर प्रमुख केदार थापाले ल्यावको उद्घाटन गर्नुभएको छ ।
    वडा नम्बर एकका वडाध्यक्ष गायत्रीराम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख थापाले नगरका सवै वडामा प्राथमिकताका आधारमा ल्याव संचालन गर्न नगरले प्रयास गर्ने बताउनुभयो । आगामी दिनमा इलाम नगरपालिकाको १२ वटै वडामा ल्याब सेवा सहितको स्वास्थ सेवा पुर्याउन प्रयत्न गर्ने मेयर थापाले बताउनु भएको छ ।
    कार्यक्रममा वडाध्यक्ष बस्नेत , वडा ७ का वडाध्यक्ष नरेश श्रेष्ठ लगायतले स्थानीय स्तरमा स्वास्थ्य सेवा उपलव्ध गराउन ल्याव सहयोगि सिद्ध हुने बताउनुभयो ।
    वडा अध्यक्ष गायत्रीराम बस्नेतले वडामा क्रमश अन्य स्वास्थ सेवा थप गर्दै लैजाने बताउनु भएको छ।

    उद्घाटन कार्यक्रममा इलाम नगरपालिका  वडा न.७ का वडा अध्यक्ष नरेश श्रेष्ठ , इलाम नगरपालिका १ का वडा सदस्य मन कुमार गुरूङ,नेपालटार मा.बि.ब्यवस्थापन समिति अध्यक्ष बिष्णु लुईटेल,नेपालटार बजार ब्यवस्थापन समिति अध्यक्ष शुरेन्द्र राई लगायतले ल्याब सेवा सुरु भए संगै यस क्षेत्रका नागरिकलाई सहज हुने बताएका छ्न ।



    निगरानी    
  • २०८३ बैशाख १०, बिहीबार २०:३० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP