logo
  • २०८३ भाद्र २८, आईतवार | Sun, 13 Sep 2026
  • भोटेकोशी बाढी प्रभावितका लागि इलामका इसाई समुदायको १० लाख ४८ हजार सहयोग

    भोटेकोशी बाढी प्रभावितका लागि इलामका इसाई समुदायको १० लाख ४८ हजार सहयोग

    इलाम , २७ भाद्र : भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि जिल्ला इसाई समाज इलामले १० लाख ४८ हजार ५१० रुपैयाँ आर्थिक सहयोग गरेको छ।
    जिल्ला इसाई समाज इलामको नेतृत्वमा सञ्चालन गरिएको राहत अभियानअन्तर्गत भदौ २४ गतेसम्म जिल्लाका विभिन्न पालिकास्तरीय इसाई समाज, स्थानीय चर्च तथा सम्बद्ध व्यक्ति र संस्थाबाट उक्त रकम संकलन भएको जिल्ला इसाई समाज इलामका अध्यक्ष टेकबहादुर राईले बताउनुभयो।
    राहत अभियानमा इलामका १३६ वटा चर्च तथा सम्बद्ध व्यक्ति र संस्थाको सहभागिता रहेको समाजले जनाएको छ। विपद्को समयमा बाढीपीडित समुदायलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा विभिन्न पालिकाका इसाई समुदायले स्वेच्छिक रूपमा आर्थिक सहयोग गरेका हुन्।
    समाजका अनुसार नगर इसाई समाज इलामबाट ३ लाख ४७ हजार ८५५ रुपैयाँ, माई नगर इसाई समाजबाट २ लाख ३३ हजार ५०५, चुलाचुली इसाई समाजबाट १ लाख ९४ हजार, माङसेबुङ इसाई एकता समाजबाट ७२ हजार २१०, देउमाई नगर इसाई समाजबाट ४७ हजार ६६०, माइजोगमाई इसाई समाजबाट ३५ हजार ५००, रोङ इसाई समाजबाट ६२ हजार ३२०, फाकफोकथुम इसाई समाजबाट १० हजार ५४० र सन्दकपुर इसाई समाजबाट ४४ हजार ९२० रुपैयाँ संकलन भएको हो।
    संकलित रकम जिल्ला इसाई समाज इलामले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।



    निगरानी    
  • २०८३ भाद्र २८, आईतवार १६:१५ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP