logo
  • २०८३ भाद्र ३०, मंगलवार | Tue, 15 Sep 2026
  • इलाम नगरपालिका ४ मा ९८ भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण

    • निगरानी
    • २०८३ भाद्र ३०, मंगलवार २०:१२ गते
    इलाम नगरपालिका ४ मा ९८ भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण

    इलाम , ३० भाद्र : इलाम नगरपालिका वाड न ४ मा ९८ जना भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ।  कार्यक्रममा भूमिहीन दलित ६ जना, भूमिहीन सुकुम्बासी २ जना र अव्यवस्थित बसोबासी ९० जनालाई निस्सा वितरण गरिएको इलाम नगरपालिका–४ का वडाध्यक्ष तथा नगर प्रवक्ता नुत्तनदेव दुलालले बताउनु भएको छ ।
    इलाम नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यता र इलाम नगरपालिका–४ का वडाध्यक्ष तथा नगर प्रवक्ता नुत्तनदेव दुलालको अध्यक्षतामा निस्सा वितरण गरिएको हो।
    कार्यक्रममा नगर प्रमुख थापाले भूमि ऐनअनुसार २०८२ सालसम्म निवेदन दिई सूचीकृत भएका नगरवासीलाई केही दिन भित्रै निस्सा वितरणको कार्य सम्पन्न गर्ने बताउनुभयो।

    प्रमुख थापाले निस्सा प्राप्त गरेका नागरिकलाई आवश्यक कागजात वडा कार्यालय तथा सम्बन्धित आयोगमा शीघ्र उपलब्ध गराउन आग्रह गर्नुभयो।


    यसअघि इलाम नगरपालिका–२, वडा नम्बर ६ र वडा नम्बर १० मा निस्सा वितरणको कार्य सम्पन्न भइसकेको छ।
    इलाम नगरपालिकामा १ हजार ७ सयभन्दा बढी अव्यवस्थित बसोबासी तथा २ सय ३२ जना भुमिहीन दलित र भूमिहीन सुकुम्बासी सूचीकृत रहेका छन्। उनीहरूलाई लालपुर्जा प्राप्तिको प्रक्रियामा अघि बढाउन नगरपालिकाले निस्सा वितरणको कामलाई तीव्रता दिएको हो। निस्सा वितरणपछि आवश्यक प्रक्रिया पूरा गरी भूमि आयोगमार्फत लालपुर्जा उपलब्ध गराउने कार्यमा सहजीकरण गरिने नगरपालिकाले जनाएको छ।
    कार्यक्रममा इलाम नगरपालिका–६ का वडाध्यक्ष दुर्गामदन श्रेष्ठ, वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नम्बर ७ का वडा सदस्य विमल वैद्य, वडा नम्बर ४ का वडा सदस्यहरू विष्णु सुब्बा, सूर्यमाया राई र सुशीला विक लगायत राजनीतिक दलका प्रतिनिधि, टोल विकास समितिका अध्यक्ष, नगरपालिकाका अमिन तथा कर्मचारी, र स्थानीयवासीको उपस्थिति रहेको थियो।



    निगरानी    
  • २०८३ भाद्र ३०, मंगलवार २०:१२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP