logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • स्याङ्जामा एक युवकको हत्या

    • निगरानी
    • २०७६ आश्विन २३, बिहीबार ०९:४४ गते
    स्याङ्जामा एक युवकको हत्या

    स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका– ५ बलिथुममा गएराति एक युवकको हत्या भएको छ ।

    छ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको घटनास्थलमै मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए।

    इलाका प्रहरी कार्यालय चिसापानीबाट राति नै घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले हत्यामा संलग्नमध्ये पाँच जनालाई पक्राउ गरिसकेको र एक जनाको खोजीकार्य भइरहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए । घटनाको कारण भने खुल्न सकेको छैन ।



    निगरानी    
  • २०७६ आश्विन २३, बिहीबार ०९:४४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP