logo
  • २०८३ जेष्ठ २, शनिबार | Sat, 16 May 2026
  • प्रहरी हिरासतमा रहेका पूर्व सभामुख महरा बिरामी, उपचारका लागि अस्पताल भर्ना

    • निगरानी
    • २०७६ आश्विन २३, बिहीबार १०:०९ गते
    प्रहरी हिरासतमा रहेका पूर्व सभामुख महरा बिरामी, उपचारका लागि अस्पताल भर्ना

    काठमाडौं। जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दाको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा बिरामी परेका छन् ।

    सोमबारदेखि प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार महरालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।

    महरामा उच्च रक्तचापको समस्या छ । बुधबार साँझदेखि उनमा श्वासप्रश्वासको समेत समस्या देखिएको जनाइएको छ ।

    संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगोका महरा अहिले अनुसन्धानको लागि प्रहरी हिरासतमा छन् ।

    महराको बिहीबारै बयान समेत भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं स्रोतले जनाएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान पछि महरालाई अस्पताल लगिएको हो ।



    निगरानी    
  • २०७६ आश्विन २३, बिहीबार १०:०९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP