logo
  • २०८३ बैशाख २०, आईतवार | Sun, 03 May 2026
  • काठमाडौं आइपुगे चिनियाँ राष्ट्रपति सी चिनफिङ

    • निगरानी
    • २०७६ आश्विन २५, शनिबार १०:४२ गते
    काठमाडौं आइपुगे चिनियाँ राष्ट्रपति सी चिनफिङ

    काठमाडौं । २ दिने राजकीय भ्रमणअन्तर्गत चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आइपुगेका हुन् ।

    चिनियाँ राष्ट्रपति सी विशेष विमानमार्फत केही समय अगाडि मात्रै काठमाडौं उत्रिएका हुन् ।

    चिनियाँ राष्ट्रपति सी शनिबार भारतको चेन्नइबाट काठमाडौं आइपुगेका हुन् ।

    नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले शनिबार समकक्षी विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

    राष्ट्रपति शीले शनिबार नै राजनीतिक भेटवार्ता पनि थाल्नेछन् ।

    राष्ट्रपति सीले शनिबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।



    निगरानी    
  • २०७६ आश्विन २५, शनिबार १०:४२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP