logo
  • २०८३ बैशाख ६, आईतवार | Sun, 19 Apr 2026
  • पहिचान पक्षधरले पराल बोकेको गाडीमा आगो लगाए

    पहिचान पक्षधरले पराल बोकेको गाडीमा आगो लगाए

    फिक्कल : पक्राउ परेका नेता कार्यकर्तालाई रिहाई गर्न मागगर्दै पहिचान पक्षधर भनिने समूहले आव्हान गरेको बन्दको क्रममा गाडी चलाएको भन्दै पशुका लागि पराल ढुवानी गरिरहेको पिकअपमा आगलागी गरेका छन् । बन्दकर्ताले शनिबार साझ इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको पिकअपमा आगजनी गरेका हुन् ।
    झापाबाट पराल लिएर इलामको तारगाउँ आउदै गरेको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा कुदाएको भन्दै बन्दकर्ताले रोकेर आगजनी गरेको स्थानियले जनाएका छन् ।
    बन्दकर्ताले आगो लगाउदा पिकअप जलेर काम नदिने भएको छ । बन्दकर्ताले चालकलाई ओराली पिकअपमा आगो लगाएको स्थानीयले जनाएका छन् । मेची राजमार्गमा बन्दकर्ताले दिन भर बिभिन्न ठाउँमा यातयात अवरुद्ध गरेको हाम्रो पालिका अनलाइनले उल्लेख गरेको छ । आजको बन्दको क्रममा कोशी प्रदेशमा केहिलाई पक्राउ गरेको जनाइएको छ । तस्विर सौजन्य : हाम्रो पालिका ।



    निगरानी    
  • २०८० मंसिर ३०, शनिबार १३:३१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP