logo
  • २०८३ बैशाख ९, बुधबार | Wed, 22 Apr 2026
  • इलाम २ उपनिर्वाचनमा ६० प्रतिशत मत खस्यो

    इलाम २ उपनिर्वाचनमा ६० प्रतिशत मत खस्यो

    इलाम वैशाख १५ : इलाम २ को आज (शनिबार) भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । 

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा ६० प्रतिशत मत खसेको जनाएको छ ।

    यो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ । 

    मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले अहिलेसम्म सबै केन्द्रबाट आएको विवरणमा ६० प्रतिशत मत खसेको बताउनु भयो ।



    निगरानी संवाददाता    
  • २०८१ बैशाख १५, शनिबार १६:५७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP