logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • नेपाली चलचित्र घरहरुमा वर्षकै प्रतिक्षित चलचित्र”छ माया छपक्कै

    • निगरानी
    • २०७६ आश्विन २४, शुक्रबार ०९:४४ गते
    नेपाली चलचित्र घरहरुमा वर्षकै प्रतिक्षित चलचित्र”छ माया छपक्कै

    काठमाडौं । शुक्रबारबाट नेपाली चलचित्र घरहरुमा वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको घरेलु चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा आएको छ ।

    ‘छक्कापञ्जा’ टिमले नै निर्माण गरेको यो चलचित्र कमेडी जनरामा नै निर्माण भएको छ । यस चलचित्रलाई निर्देशन भने दीपेन्द्र लामाले गरेका छन् । चलचित्रको कथासमेत निर्देशक लामाले नै लेखेका हुन् भने चलचित्रमा दीपा श्री निरौला निर्देशन सल्लाहाकार छिन् ।

    आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको यस चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको मुख्य अभिनय रहेको छ । चलचित्रमा रोहित अधिकारीले लगानी गरेका छन् ।

    ‘छक्कापञ्जा’को टीम यस चलचित्रमा भएकाले पनि चलचित्रबाट निकै नै आशा गरिएको छ । चलचित्रले क्युएफएक्स चेनमा उत्साहजनक शो पाएको छ । यस चलचित्रले काठमाडौंभित्र मात्रै २२ र काठमाडौं बाहिर २० शो पाएको छ ।



    निगरानी    
  • २०७६ आश्विन २४, शुक्रबार ०९:४४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP