logo
  • २०८३ बैशाख ८, मंगलवार | Tue, 21 Apr 2026
  • गायक रामकृष्ण ढकालको मर्मस्पर्शी तिहार गीत सार्वजनिक

    • निगरानी
    • २०७६ कार्तिक ३, आईतवार १०:३६ गते
    गायक रामकृष्ण ढकालको मर्मस्पर्शी तिहार गीत सार्वजनिक

    काठमाडौं। झल्को आउँछ तेल लाएर कपाल कोर्दिएको
    यमराजको बाटो छेक्न ओखर फोर्दिएको
    टीका माला देख्दा पनि उराठ–उराठ लाउँदो रैछ
    दिदी बैनी नआएनी तिहार भने आउँदो रैछ


    गायक रामकृष्ण ढकालको आवाजमा सार्वजनिक तिहार गीतको अंश हो यो। रमेश बि.जी.को शब्द, बि.बि.अनुरागीको संगीत तथा रामकृष्णको स्वरमा शनिबार साँझ सार्वजनिक ‘टिकामाला’गीतलाई स्रोता तथा दर्शकले रुचाएका छन्। कलाकारहरु पनि गीत मर्मस्पर्शी रहेको भन्दै फेसबुकमा शेयर गरिरहेका छन्।

    गीतमा दिदीभाईको आत्मीयतालाई तिहारको भाईटीकासंग जोडिएको छ। सानैमा आमाबुवा गुमाएका दिदी–भाई। दिदीको विवाह। भाईलाई बिहे गरेकी आफ्नै श्रीमतीको धोका। अनि भाईको कुलतको लत। भाई कुलतमा लागेकै कारण तिहारमा भाईसंग टीका लगाउन नआउने दिदी। यीनै प्रसंगमा दिदीभाईको आत्मीयतालाई तिहारको भाईटीकासंग जोडिएको सुस्केरा हो, यो गीत।

    भिडियोमा दिदीको भूमिकामा अभिनेत्री सरिता लामिछाने तथा भाईको भूमिकामा प्रकाश सपूतले अभिनय गरेका छन्। ‘सिरियल क्विन’ की उपाधि पाएकी सरिताले यस भिडियोमा अब्बल अभिनय गरेकी छन्। त्यस्तै प्रकाशको अभिनय उत्तिकै अब्बल लाग्छ।भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन्। दुर्गा पौडेलले खिचेको भिडियो नवीन घर्ती मगरले सम्पादन गरेका छन्।गीतलाई विन्ध्यवासिनी म्यूजिकले प्रस्तुत गरेको हो।



    निगरानी    
  • २०७६ कार्तिक ३, आईतवार १०:३६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP