logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • जसुदा स्मृति पुरस्कार बाट कवि शक्तेन पुरस्कृत

    जसुदा स्मृति पुरस्कार बाट कवि शक्तेन पुरस्कृत

    इलाम असार २८
    जसुदा स्मृति पुरस्कारबाट पाँचथरका कवि देवेन्द्र शक्तेन पुरस्कृत हुनु भएको छ । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बद्र्धन समिति इलामले २ वर्ष अघि देखि प्रदान गर्दै आएको पुरस्कारबाट यस वर्ष कवि शक्तेनलाई सम्मान गरेको छ । आइतबार इलाम सदरमुकाममा एक समाहरोहका बीच शक्तेनलाई नगद ११ हजार १ सय ५० रुपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको छ ।

    कवि देवेन्द्र शक्तेन

    पाँचथरको फाल्गुन्द गाउँपालिका ३ चिम्फुलाका साहित्यकार शक्तेनले ३० वर्षदेखि आफ्नो गाउँ ठाउँमा रहेर साहित्यको भण्डार बढादै आउनु भएको छ । २०१६ सालमा जन्मनु भएका शक्तेनले शिक्षण पेशामा रही साहित्य सृजनामा पनि सकृय रही योगदान पुर््याउदै आउनु भएको छ । शक्तेनको प्रकाशित पुस्तकको रुपमा “दन्त्यकथाको देश” नामक कविता संग्रह पाठक माझ पस्कनु भएका शक्तेनले गद्य साहित्यमा फुटकर रचनाहरु नेपाली साहित्यलाई सुम्पनु भएको छ । सामाजिक विकृति विसंगती विरुद्ध समेत शक्तेनले कलम चलाउदै आउनु भएको छ । पुरस्कार वितरण कार्यक्रम इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यता र भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बद्र्धन समितिका अध्यक्ष विमल वैद्यको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा पुर्व प्राध्यापक युद्ध प्रसाद वैद्य , कवि प्रकाश थाम्सुहाङ लगायतले कवि शक्तेनको लेखन बारे चर्चा गरेका थिए । कार्यक्रममा साहित्य र पत्रकारिता सकृय इलामकी चेली जसुदा खाँकीको योगदानको चर्चा गरिएको छ । इलाममा जन्मनु भएकी खाँकीले इलाम रहदा साहित्यमा सकृय रहदै आउनु भएको थियो । बरिष्ठ पत्रकार पुस्पराज प्रधानसँग वैवाहि बन्धनमा बाधिएपछि खाकीे काठमाण्डौमा रहदा साहित्य सगै पत्रकारीतामा निकै सकृय रहनु भएको थियो । २०३६ सालबाट युवा आवाजको सम्पादन ,संरचना साप्ताहिक , अंग्रेजी पत्रिका पिपुलस रिभ्यु आबद्ध भई पत्रकारीतामा सकृय खाकी नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य पनि हुनु भएको थियो । समाज रुपान्तरणको लागि केही न केही गरौ भन्ने भावना भएको खाकीको अल्पायुमै निधन भएको थियो । खार्कीको श्रीमान पुस्पराज प्रधान र परिवारको सकृयतामा स्मृति पुरस्कार स्थापना गरिएको हो । साहित्यमा सम्भावना भएका र योगदान पुर्याउदै आएका मेची अञ्चल भित्रका स्रष्टालाई पुरस्कार प्रदान गर्दै आएको समितिले जनाएको छ । यसै पुरस्कार बाट २०७५ मा कवि अन्वेश थुलुङ र २०७६ मा कवि बालिका थपलिया पुरस्कृत भइसकेका छन ।



    Avatar निगरानी    
  • २०७७ असार २८, आईतवार १६:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP