इलाम ,चैत १५
विज्ञान प्रविधि र कला साहित्य एक अर्काका परिपुरक भएकोमा एक कार्यक्रममा सहभागीले बताएका छन । वुधवार इलाममा आयोजित विज्ञान प्रविधिमा साहित्य , कला , नाट्य संगीत गोष्ठी एवम विज्ञान कविता र कथा प्रतियोगिता कार्यक्रमका सहभागीले यस्तो बताएका हुन । नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान ( नास्ट)को आयोजना र महेन्द्ररन्त बहुमुखी क्याम्पस इलामको सहकार्यमा भएको कार्यक्रममा विज्ञान र कलाबीचको अन्तरसम्बन्धलाई विविध कोणबाट छलफल गएिको थियो ।
कार्यक्रमा नास्टका प्राज्ञ प्राध्यपक डाक्टर बुलन्द थापाले ‘विज्ञान , प्रविधी, कला र समाज ’बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । थापाले कलाले विज्ञानलाई चेक एण्ड ब्यालेन्स गर्ने बताउनु भयो । कला आफ्नै ठाउँमा विज्ञान आफ्नै ठाउँमा अघि बढी रहेको भएपनि एक अर्काको परिपुरक रहेको बताउनुु भयो । विज्ञानलाई डोहोर्याउने कला हो र कलाको परिपुरक चाहि विज्ञान भएको उहाँको भनाई छ ।
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामकी उप प्राध्यापक सरिता निरौलाले‘ विज्ञान तथा प्रविधिमा नाट्य अध्ययन ’ कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । निरौलले कार्यपत्र प्रस्तुत गदै नाटकलाई प्रविधिले जोडेको बताउनु भयो ।
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका शिक्षक सहयाक मुकुन्द प्रसाद गुरागाइले ‘नेपाली गद्य साहित्यमा विज्ञान ’कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । गुरागाइले विज्ञान प्रविधिको साहित्य क्षेत्रमा पनि प्रयोग हुने बताउदै पुर्वीय दर्शनले पनि विज्ञानको परिकल्पना गरेको बताउनु भयो । विज्ञान र प्रविधी एक अर्काका परिपुरक बन्छन भने साहित्यको सम्बन्ध पनि प्रविधि सँग हुने बताउनु भयो । विज्ञान ,प्रविधि र साहित्यको बीचमा त्रिपक्षीय सम्बन्ध हुने बताउनु भयो ।
कवि तथा पत्रकार केदार शर्माले ‘नेपाली कवितामा विज्ञान’ बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । शर्माले कविताको ढाँचामा रहेको विज्ञान र विषयवस्तुमा रहेको विज्ञानको चर्चा गर्नु भएको थियो । शर्माले छन्द कविताको ढाँचामा रहेको विज्ञान भएको बताउनु भयो । छन्द शास्त्रलाई छन्द विज्ञान पनि भनिन्छ भन्दै शर्माले छन्दले गेयात्मकता दिने बताउनु भयो ।
नास्टका उपकुलपति सुनिल बाबु श्रेष्ठको सभापतित्वमा कार्यक्रमा महेन्द्र रत्न बहुमुखी क्याम्पस प्रमुख खगेन्द्र चापागाई , इलाम साहित्य तथा संगीत प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरे लगायतले बोल्नु भएको थियो ।
कार्यक्रमको दोस्रो खण्डमा विज्ञान कविता र कथा प्रतियोगिता भएको थियो । जसमा इलामको भगवती माध्यमिक बिधालय गोलाखर्क , अमर माध्यमिक विधालय बरबोटे , ग्रीन भ्याली एकाडेमी इलाम, सप्तमाइ गुरुकुल संस्कृत विधाश्रम माध्यमिक विधालय तोरिबारी , मन्टेश्वरी सेकेन्डरी स्कुल इलाम, माउण्ड मेरि हायर सेकेन्डरी इ.न.पा ५ का ६ वटा विधालयका ११ जना सहभागि भएका थिए । कार्यक्रममा ५ वटा कविता ६ वटा कथा वाचन भएको थियो । सहभागी विद्यार्थीलाई प्रथम द्धितीय तृतिय र सान्तवना क्रमश तीनहजार , पचिससय , दुई हजार र पन्ध्रसय नगद पुरस्कार वितरण गरिएको थियो ।
विज्ञान प्रविधिमा साहित्य , कला , नाट्य संगीत गोष्ठी एवम विज्ञान कविता र कथा प्रतियोगिता इलाममा आज सम्पन्न भएको छ । नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान ( नास्ट)को आयोजना र महेन्द्ररन्त बहुमुखी क्याम्पस इलामको सहकार्य भएको उक्त कार्यक्रम नास्टका उपकुलपति सुनिल बाबू श्रेष्ठको सभापतित्वमा भएको थियो । कार्यक्रमा प्राज्ञ डाक्टर बुलन्द थापाले विज्ञान , प्रविधी, कला र समाज , महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामकी सह प्राध्यापक सरिता निरौलाले विज्ञान तथा प्रविधिमा नाट्य अध्ययन , महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका शिक्षक सहयक मुकुन्द प्रसाद गुरागाइले नेपाली गघ साहित्यमा विज्ञान र कवि एवम सञ्चारकर्मी केदार शर्मा ले नेपाली कवितामा विज्ञान गरि चार वटा विषयमा कार्यपत्रहरु समाबेश गरिएको थियो ।
इलाम जिल्लाको भगवती माध्यमिक बिधालय गोलाखर्क , अमर माध्यमिक विधालय बरबोटे , गृन भ्याली एकाडेमी इलाम, सप्तमाइ गुरुकुल सस्कृत विधाश्रम माध्यमिक विधालय तोरिबारी , मन्टेश्वरी सेकेन्डरी स्कुल इलाम, माउण्ड मेरि हायर सेकेन्डरी इ.न.पा ५ का ६ वटा विधालयका ११ जना सहभागिको सहभागीता सहेको उक्त कार्यक्रममा ५ वटा कविता र ६ वटा गघ कथा वाचन भएको थियो । कविता तर्फ सप्तमाई गुरुकुल संस्कृत बिद्याश्रम माध्यमिक बिद्यालयका रिसिराज गौगम प्रथम भए । द्धितिय ग्रीन भ्याली एकाडेमीकी आज्ञा खतिवडा र तृतिय अमर माविकी प्रश्ना खतिवडा भइन् । लघु कथातर्फ सप्तमाई गुरुकुल संस्कृत बिद्याश्रम माध्यमिक बिद्यालयका रोशन भट्टराई, द्धितिय ग्रीाभ्याली एकाडेमीका अनुक्रम काफ्ले भए भने तृतिय अमर माविका शन्देश भण्डारी घोषित भए । उनीहरुले क्रमश तीन हजार, २५ सय र दुई हजार प्रदान गरिएको थियो ।कविता तर्फ नम्रता सापकोटा र सौरभ लुइँटेल कथा तर्फ हुमा निरौला, नायुमा राई र आयुशा घिमिरेले सान्त्वना स्वरुप १५ सय रुपैया प्राप्त गरे ।
प्रतिक्रिया