बैजनाथ -यमुनादेवी भट्टराई स्मृति पुरस्कार साहित्यकार प्रतिभा पौडेललाई

बैजनाथ -यमुनादेवी भट्टराई स्मृति पुरस्कार साहित्यकार प्रतिभा पौडेललाई

विराटनगर : बैजनाथ –यमुनादेवी भट्टराई स्मृति पुरस्कार इलामकी साहित्यकार प्रतिभा पौडेललाई प्रदान गरिएको छ । पौडेललाई लेखनको माध्यमबाट नेपाली साहित्यको श्री वृद्धिमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको जनाइएको छ । पौडेलले गंगा खण्डकाव्य , झुल्के घाम र तृष्णा कविता सग्रह लगायतका साहित्य सृजनाका पुस्तकहरु पाठक सम्म पु¥याए सक्नु भएको छ ।
शनिबार विराट साहित्य संगमले विराटनगरमा आयोजना गरेको कार्यक्रममा पौडेल सहित तीन जना पुरस्कृत भएका छन । कार्यक्रममा विराटनगरकी भारती उपाध्यायल र मञ्जु घिमिरेलाई क्रमश राधादेवी दाहाल स्मृति पुरस्कार , विराट साहित्य संगम नव प्रतिभा पुरस्कार प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।


संस्थाका अध्यक्ष मधु पोखरेलको अध्यक्षता र बलराम पोख्रेलको प्रमुख आतिथ्यतामा यमुनादेवी भट्टराई स्मृति पुरस्कारका संस्थापक कविता – गोविन्द चापागाईँ, राधादेवी स्मृति पुरस्कारका संस्थापक रामबाबु दहालले प्रदान गर्नु भयो । विराट साहित्य संगम प्रतिभा पुरस्कार चाहिँ बलराम पोख्रेलले प्रदान गर्नु भयो ।