आहा ! अर्नभ

आहा ! अर्नभ

इलाम:बाह्र बर्षका अर्नभ बन झापाको विर्तामोडमा कक्षा ८ मा पढ्छन् । उनलाई पढाईसंगै गायनमा गहिरो रुची छ । उनको रुचीलाई उनको मिठो स्वरले साथ दिएको छ ।
स्वर र प्रस्तुतीका कारण चर्चामा रहेको बनले यस पटक ‘द भ्वाइस किड्स सिजन २’लाई राम्रोसंग प्रयोग गरिरहेका छन् । सिजन २ को फाईनल राउण्डको टप ८ मा प्रवेश पाएपछि यतीवेला उपाधीको तयारीमा रहेका उनी गायनका पारखीहरुसंग भोट माग्न व्यस्त छन् ।
पुर्वमा ‘झापाको छोरा, इलामको भाञ्जा’ भनेर चर्चामा रहेको उनले इलामको फिक्कलमा आएर विहीबार चर्चीत गितहरु मार्फत मनोरञ्जन गराए । उनले भने ‘म झापाको छोरा, इलामको भाञ्जा हुँ गायन क्षेत्रमा देशको छोरो बन्न चाहान्छु यस पटक घरकै छोरो सम्झेर माया गर्नुस ।’
डिजिटल अडिसन हुँदै ब्लाईन्ड, ब्याटल र लाईभ राउण्डमा आफ्नो उत्कृष्ट प्रस्तुति दिदै उनले आफुलाई फिनालेमा सुरक्षित गरेको आमा जिना सापकोटा बनले बताइन् । उनले भनिन् ‘फाइनलमा पनि उत्कृष्ट प्रस्तुती गर्ने आश गरेका छौ ।’
ब्लाईन्ड राउण्ड देखिनै उनले उत्कृष्ट प्रस्तुती पस्किरहेका छन् । अर्नभले अहिले कोच प्रविशाको टिमबाट आफुलाई प्रसतुत गरिरहेका छन् । उनलाई जिताउन झापा र इलाममा अभियान नै चलिरहेको छ । जेष्ठ ५ मा हुने फाइनल प्रतिस्प्रर्धामा उनले आफ्नो कोच प्रबिशा अधिकारीसँग प्रस्तुति दिने बताइएको छ । फागुन २६ गतेबाट सुरु भएको कार्यक्रम ब्लाईन्ड, ब्याटल र लाईभ राउण्ड र सेमी फाइनलका प्रतियोगिता सम्पन्न भएका छ । गत सिजनमा कोच प्रमोदबाट जेनिश उप्रेती बिजेता बनेका थिए।
गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को प्रसारण फागुन २६ गतेदेखि हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि हुन्छ । डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गरेका थिए । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाले अघि बढ्ने मौका पाएका थिए । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गरेका थिए ।
यस पटक कोचको भुमिकामा युवापुस्तामाझ चर्चित गायक सुशान्त केसी,प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार रहेका छन् ।