द भ्वाइस अफ् नेपालको बिजेता बन्न गृह जिल्ला इलाममा प्रस्तुति मार्फत भोटको अपिल गर्दै विनोद

द भ्वाइस अफ् नेपालको बिजेता बन्न गृह जिल्ला इलाममा प्रस्तुति मार्फत भोटको अपिल गर्दै विनोद

इलाम : इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देका विनोद राई  द भ्वाइस अफ् नेपाल सिजन–५ को फाइनल चरणमा पुगेका छन । राईले सोमबार गृह जिल्ला इलामको फिक्कल र इलाम बजारमा  विशेष साङ्गितिक प्रस्तुति मार्फत भोटको अपिल गरेका छन ।


चार प्रतिस्पर्धीमा  परेका राईलाई जिताउन इलामबासी जुटेका   छन् ।   प्रतिस्पर्धीका लागि भोटिङ खुला भए सङै गृह जिल्लामा प्रचारप्रसार तिब्र पारिएको छ । 
 विनोद टिम मिलन नेवारबाट फाइनल पुगेका हुन् ।  टिम राजेशपायल राईको समूहबाट मकर योञ्जन ,टिम प्रमोद खरेलबाट नोगेन लिम्बू र टिम उदय सोताङबाट कुमार प्रयास राई फाइनलिस्ट बनेका छन ।