logo
  • २०८२ बैशाख ५ | Fri, 18 Apr 2025
  • दसैँ र तिहार सम्झायो”गरिबको जुनी”हेर्नुहोस् [भिडियो सहित]

    दसैँ र तिहार सम्झायो”गरिबको जुनी”हेर्नुहोस् [भिडियो सहित]

    काठमाडौं/ संचारकर्मी तथा सर्जक समिर प्रकाश पाण्डेको शब्दमा दसैँ तिहार विशेष गीत ‘गरिबको जुनी’ बजारमा सार्वजनिक भएको छ ।

    दसैँ तिहारमा परदेशी भूमिमा रहँदाको बेदनालाई समेटेर तयार पारिएको गीतमा लाखौं परदेशी नेपालीहरूको भाका कोरिएको छ ।

    “भित्ते पात्रो, भागेर जाम्ला, आमा पियारी जस्ता गीतहरूमा शब्द सृजना गरेका समीरले हालै मात्र “गरिबको जुनी” दसैँ तिहार विशेष गीत लिएर नेपाल संगितिक बजारमा ल्याएका हुन् ।

    उक्त गीतमा गायक पुरुषोत्तम गैरे र गायिका कविता खत्रीको स्वर दिएका छन् भने गीतमा गायक तथा सर्जक प्रेम सापकोटा “सोनु” लय भरेका छन् । निर्देशक कपिल लामाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई राजेश घिमिरेले खिचेका छन् भने मोडल आशिर प्रताप जङ्ग, सगुन शाही लगायतको अभिनय रहेको छ ।

    यस्तै गीतको भिडियोमा परदेशीमा रहेको दाजुलाई स्वदेशबाट बैनीले चाड पर्वमा हुने गरिबको पिडा लाई बताएकी छन् भने दाजुले परदेशीनुको पिडा पोख्दै साहुको ऋण तिरेर फर्किने कुरा देखाइएको छ ।

    भिडियो:



    निगरानी    
  • २०७६ आश्विन ५, आईतवार ०८:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP