logo
  • २०८२ असार २५ | Wed, 09 Jul 2025
  • सुर्याेदय नगरपालिकाे बजेट एक अर्ब ४० कराेड

    सुर्याेदय नगरपालिकाे बजेट एक अर्ब ४० कराेड


    इलामको सुर्याेदय नगरपालिकाले एक अर्ब चालीस कराेड रूप‌याकाे बजेट पेश भएकाे छ । १७ औ नगरसभाकाे तेस्रो बैठकमा उपप्रमुख दुर्गाकुमार बरालले एक अर्ब चालीस कराेड तीन लाख सत्र हजार दुई सय २० रूपैयाँकाे बजेट पेश गरे । विनियोजित रकम मध्ये एक अर्ब आठ कराेड तीन लाख सत्र हजार ३२० रूपैया स्थानीय सञ्चित काेषबाट र ३२ कराेड रूपैयाँ अन्तर सरकारी अख्तियारी अन्तरग संघीय काेषबाट खर्चहुने प्रक्षेपण गरिएकाे छ । विनियोजित रकम मध्ये चालू खर्चकाे लागि ६८ कराेड ३१ लाख ३७ हजार २२० रूपैया र ३९ कराेड ७१ लाख ८० हजार रूपैयाँ पुजीगत तर्फ छुट्याइएको छ ।


    नगरपालिकाले आन्तरिक राजस्व र राजस्व बाडफाडबाट २२ कराेड ५७ लाख ११ हजार रूपैयाँ , संघीय सरकारबाट ६४ कराेड ४३ लाख रूपैयाँ र प्रदेश सरकारबाट चार कराेड ४४ लाख ८१ हजार रूपैयाँ प्राप्तिहुने अनुमान छ। नगरसभाकाे अर्काे बैठक असार १२ गते बस्नेगरी मंगलबारकाे बैठक नगर प्रमुख रणाबहादुर राइले स्थगित गरे ।



    निगरानी    
  • २०८२ असार १०, मंगलवार १६:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP