logo
  • २०८३ असार २, मंगलवार | Tue, 16 Jun 2026
  • सुर्याेदय नगरपालिकाे बजेट एक अर्ब ४० कराेड

    सुर्याेदय नगरपालिकाे बजेट एक अर्ब ४० कराेड


    इलामको सुर्याेदय नगरपालिकाले एक अर्ब चालीस कराेड रूप‌याकाे बजेट पेश भएकाे छ । १७ औ नगरसभाकाे तेस्रो बैठकमा उपप्रमुख दुर्गाकुमार बरालले एक अर्ब चालीस कराेड तीन लाख सत्र हजार दुई सय २० रूपैयाँकाे बजेट पेश गरे । विनियोजित रकम मध्ये एक अर्ब आठ कराेड तीन लाख सत्र हजार ३२० रूपैया स्थानीय सञ्चित काेषबाट र ३२ कराेड रूपैयाँ अन्तर सरकारी अख्तियारी अन्तरग संघीय काेषबाट खर्चहुने प्रक्षेपण गरिएकाे छ । विनियोजित रकम मध्ये चालू खर्चकाे लागि ६८ कराेड ३१ लाख ३७ हजार २२० रूपैया र ३९ कराेड ७१ लाख ८० हजार रूपैयाँ पुजीगत तर्फ छुट्याइएको छ ।


    नगरपालिकाले आन्तरिक राजस्व र राजस्व बाडफाडबाट २२ कराेड ५७ लाख ११ हजार रूपैयाँ , संघीय सरकारबाट ६४ कराेड ४३ लाख रूपैयाँ र प्रदेश सरकारबाट चार कराेड ४४ लाख ८१ हजार रूपैयाँ प्राप्तिहुने अनुमान छ। नगरसभाकाे अर्काे बैठक असार १२ गते बस्नेगरी मंगलबारकाे बैठक नगर प्रमुख रणाबहादुर राइले स्थगित गरे ।



    निगरानी    
  • २०८२ असार १०, मंगलवार १६:१४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP