इलाम गोल्डकपको तेस्रो संस्करण शनिवार सम्पन्न उद्घाटन खेलमा पथरी–११ मोरङले जीत निकालेको छ । आयोजक रेडहर्ष फुटबल क्लब इलामलाई ट्राइबेकरमा दुईका विरुद्ध चार गोल गर्दै सेमी फाइनलमा आफ्नो सिट सुरक्षित गरेको हो । खेल सुरु भएको तीन मिनेटमा आयोजक रेडहर्ष फुटबल क्लबका सन्देश खड्काले पहिलो गोल गरेका थिए । खेलको अतिरिक्त समयको सदुपयोग गर्दै पथ्री ११ का सौर्य राउतले गोल गरी बराबरी बनाएका थिए ।
निर्धारित समयमा खेल बराबरी भएपछि ट्राइबेकरमा खेलको नतिजा लिइएको थियो ।
आजको खेलको म्यान अफ दि म्याच पथरी ११ का आशिष् लावती घोषित भए । उनले ट्रफि र आठ हजार नगद पुरस्कार प्राप्त गरे । आइतबार पाँचथरको फिदिम फुटबल क्लब र रोलीङ क्लब धुलाबारी झापा बिच प्रतिस्पर्धा हुने छ ।
१२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा झापा, मच्छिन्द्र एफसी, एन पेनाङ एफसी (मलेसिया), डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र चित्लाङ एफसी गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा इलाम २ का सासद सुहाङ नेम्वाङले गरेका थिए ।
प्रतिक्रिया