logo
  • २०८३ बैशाख ६, आईतवार | Sun, 19 Apr 2026
  • तेस्रो इलाम गोल्डकप : फिदिमलाई हराउदै रोलिङ सेमिफाइनल प्रवेश

    तेस्रो इलाम गोल्डकप : फिदिमलाई हराउदै रोलिङ सेमिफाइनल प्रवेश

    सविता पाण्डे , इलाम , ६ बैशाख :रोलिङ क्लब धुलाबारी झापा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
    रेड हर्ष फुटबल क्लबद्वारा आयोजित आइतबार भएको खेलमा   पाँचथर स्पोर्टिङ  क्लबलाई ३-० ले पराजित गर्दै रोलिङले अघिल्लो चरणको यात्रा तय गरेको छ   । रोलिङको जीतमा खेलको २४ औ मिनेटमा प्रताप राईले पहिलो गोल गरेका थिए भने २६ औ मिनेटमा दोस्रो गोल कप्तान निरज कार्कीले गोल गरेका थिए ।
    इलामको ठुलो टुडिखेलमा संचालन भएको प्रतियोगितामा रोलिङका लागि खेलको ४६ औ मिनेटमा अरुण मेचेले तेस्रो गोल गरी फराकिलो अन्तर बनाएका थिए । फिदिमले खेलको ७६ औ मिनेटमा पेनाल्टीको अवसर पाए ओअनि गोलमा परिणत हुन सकेन । खेलको पहिलो हाफ   निकै प्रतिस्पर्धात्मक बन्यो । दोस्रो हाफमा रोलिङले फिदिमलाई निकै दवाबबमा राखेको थियो । आजको ‘प्लेयर अफ द म्याच ‘ रोलिङका प्रताप सिंह राई बने उनले नगद आठहजार एकसय प्राप्त गरे ।

    बैशाख १२ गतेसम्म संचालन हुने प्रतियोगिताको  विजेताले नगद  १० लाख र उपविजेताले नगद  ५ लाख प्राप्त गर्नेछन् । भोलिको खेल ए डिभिजन टोली  मच्छिन्द्र फुटबल क्लब र पाहुना टोली एन पेनाङ फुटबल क्लब मलेसिया बीच प्रतिस्पर्धा हुनेछ ।



    निगरानी    
  • २०८३ बैशाख ६, आईतवार २१:३१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP