logo
  • २०८३ भाद्र २५, बिहीबार | Thu, 10 Sep 2026
  • भोटेकोशी बाढीपीडितका लागि इलामका सहकारीबाट ६ लाख ४० हजार सहयोग

    • निगरानी
    • २०८३ भाद्र २५, बिहीबार ०७:४६ गते
    भोटेकोशी बाढीपीडितका लागि इलामका सहकारीबाट ६ लाख ४० हजार सहयोग

    इलाम , २४ भाद्र :

    भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको लागि जिल्ला सहकारी संघ लिमिटेड, इलामको नेतृत्वमा ६ लाख ४० हजार सहयोग गरेको छ । प्रभावितको उद्धार र राहतको लागि राहत संकलन अभियानबाट रु. ६ लाख ४० हजार ६६८ आर्थिक सहयोग संकलन भएको जनाएको छ ।
      २०८३ भदौ २२ गते बेलुकी ५ बजेसम्म इलाम जिल्लाका ५५ वटा विभिन्न सहकारी संघ–संस्था, सहकारी अभियन्ता, सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरूबाट उक्त रकम संकलन भएको जिल्ला सहकारी संघ लिमिटेड इलामका अध्यक्ष लिला प्रसाद थापाले बताउनु भयो ।
    गत बर्ष असोज १८/१९ को बर्षा पछि आएको विपदमा अन्य स्थान बाट इलामको लागि धेरै नै सहयोग आएकोले एकअर्कोलाई समस्या पर्दा सहयोग गर्ने भावना सहित  जिल्ला सहकारीले अभियान संचालन गरेको थापाको भनाइ छ । सहकारीको रकम भनेको ठुला ब्यापारी व्यवसायी भन्दा पनि  ज्याला , श्रम गर्ने ,  कम आय  सदस्यहरुको  गरेका रकम  हो ।

    मानवीय सेवाको भावनाका साथ स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग जुटेको संघका सचिव मोहनकुमार विष्टले बताउनु भयो । राहत रकम प्रारम्भिक सहकारी संस्थाहरू, जिल्लाका विषयगत संघहरू, सहकारी अभियन्ता, सञ्चालक तथा कर्मचारीहरूले जुटाएको जनाइएको छ ।
    संकलित राहत रकम जिल्ला सहकारी संघ लिमिटेड, इलाममार्फत बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा  जम्मा गरिसकिएको संघले जनाएको छ।
    सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुरूप ‘समाजप्रतिको चासो र दायित्व’ लाई आत्मसात् गर्दै मानवीय सहयोगमा जुटिएको र सबैलाई सहयोग गर्न ,  एकता, सहयोग र सद्भावको अपेक्षा सहित राहत संकलन अभियान थालिएको  जनाइएको छ ।



    निगरानी    
  • २०८३ भाद्र २५, बिहीबार ०७:४६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP