इलाम , २३ असोज : इलाम नगरपालिका–९ स्थित भगवती माध्यमिक विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत १सय ३७ जना विद्यार्थीलाई स्थानीय युवा व्यवसायी दिपेश अधिकारीले शैक्षिक सामग्री वितरण गर्नुभएको छ। सामाजिक तथा धार्मिक सेवामा समेत सक्रिय अधिकारीले विद्यार्थीहरूलाई करिब ४० हजार रुपैयाँ बराबरका कापी, डटपेन, पेन्सिल तथा कलर पेन्सिल वितरण गर्नुभएको हो।
विद्यार्थीको पठनपाठनमा आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले सामाग्री वितरण गरिएको जनाइएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी शैक्षिक सामग्री वितरण गरिएको हो ।
विद्यालय तहमा अध्ययनरत बालबालिकाको शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै गरिएको यस सहयोगले विद्यार्थीलाई पढाइप्रति प्रोत्साहित गर्न तथा शैक्षिक सामग्रीको उपलब्धतामा सहयोग पुर्याउने विश्वास गरिएको छ।
स्थानीय युवा अधिकारीबाट गरिएको यस सहयोगले विद्यालयका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन योगदान पुगेको छ। अधिकारी यस बिधालयका पुर्व विद्यार्थी हुनुहुन्छ ।
प्रतिक्रिया