logo
  • २०८३ कार्तिक २८, शुक्रबार | Fri, 13 Nov 2026
  • इलाममा कात्तिक १८ देखि प्रथम गोदावरी प्रदर्शनी मेला

    • निगरानी
    • २०८३ कार्तिक १८, मंगलवार १८:४२ गते
    इलाममा कात्तिक १८ देखि प्रथम गोदावरी प्रदर्शनी मेला

    इलाम , १७ कार्तिक :

    इलाममा प्रथम गोदावरी प्रदर्शनी–२०८३ भोलि देखि इलाममा आयोजना हुने भएको छ ।
    फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान), इलामको आयोजनामा कात्तिक १८ देखि २१ गतेसम्म इलाम बजारस्थित सिटी मार्ट अगाडि प्रदर्शनी आयोजना हुन लागेको हो ।
    फूल, पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले  आयोजना गरिएको
    प्रदर्शनीमा विभिन्न प्रजातिका गोदावरी फूलको प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
    पुष्प व्यवसायीको विकास विस्तार र प्रबर्द्धन गर्न प्रदर्शननीको आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान), इलामकी अध्यक्ष रन्जिता याख्खाले बताउनु भएको छ ।

    ‘फूलै फूलमा गोदावरी, पर्यटन र व्यापारको तयारी’ भन्ने नारासहित आयोजना हुने प्रदर्शनीको अन्तिम तयारी  भइरहेकै जनाइएको छ ।
    इलाममा पहिलोपटक आयोजना हुन लागेको प्रदर्शनीले पुष्प व्यवसायको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटन विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।
    पछिल्लो समय इलाममा पुष्प व्यवसायमा आकर्षक बढ्दै गएको छ । केही बर्ष अघि सम्म घरमा सजाउनको लागि मात्रै फुल फुलाउने चलन थियोे भने अहिले फुल विक्री बाट लाखौको आम्दानी हुन थालेको छ । इलाममा व्यक्तिगत रूपमा मात्रै नभई   सामुहिक रुपमा फुल खेती गर्न थालिएको छ । डिजिटल प्लेटफामको प्रयोग गर्दै देश विदेशमा फुल विक्री गर्दै आएको व्यवसायी बताउछ्न । 



    निगरानी    
  • २०८३ कार्तिक १८, मंगलवार १८:४२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP