logo
  • २०८३ कार्तिक २९, शनिबार | Sat, 14 Nov 2026
  • इलाममा प्रथम गोदावरी प्रदर्शनी मेला सुरु ,पुष्प व्यवसाय र पर्यटनमा टेवा पुर्‍याउने अपेक्षा

    • निगरानी
    • २०८३ कार्तिक १९, बुधबार १५:३३ गते
    इलाममा प्रथम गोदावरी प्रदर्शनी मेला  सुरु ,पुष्प व्यवसाय र पर्यटनमा  टेवा पुर्‍याउने अपेक्षा

    इलाम, १८ कार्तिक :इलाममा प्रथम गोदावरी प्रदर्शनी मेला २०८३ आजदेखी इलाममा सुरु भएको छ ।
    फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान), इलामको आयोजनामा भएको प्रदर्शनी शनिबार सम्म संचालन हुने आयोजकले जनाएको छ । मेलाको कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको प्रमुख आतिथ्यता र फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान), इलामकी अध्यक्ष रन्जिता याख्खाको अध्यक्षतामा उद्घाटन  गरिएको छ ।

    फूल, पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले  आयोजना गरिएको छ । प्रदर्शनीमा विभिन्न प्रजातिका गोदावरी फूल लगायन अन्य विभिन्न प्रजातिका फुल , बिरुवा प्रदर्शनीमा राखिएको छ । 
    पुष्प व्यवसायीको विकास विस्तार र प्रबर्द्धन गर्न प्रदर्शननीको आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान), इलामकी अध्यक्ष रन्जिता याख्खाले बताउनु भएको छ ।

    ‘फूलै फूलमा गोदावरी, पर्यटन र व्यापारको तयारी’ भन्ने नारासहित आयोजना हुने प्रदर्शनीमा इलाम सहित झापा मोरङ लगायत जिल्लाबाट पुष्प ब्यवसायी सहभागी छ्न ।
    इलाममा पहिलोपटक आयोजना हुन लागेको प्रदर्शनीले पुष्प व्यवसायको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटन विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।
    पछिल्लो समय इलाममा पुष्प व्यवसायमा आकर्षक बढ्दै गएको छ । केही बर्ष अघि सम्म घरमा सजाउनको लागि मात्रै फुल फुलाउने चलन थियोे भने अहिले फुल विक्री बाट लाखौको आम्दानी हुन थालेको छ । इलाममा व्यक्तिगत रूपमा मात्रै नभई   सामुहिक रुपमा फुल खेती गर्न थालिएको छ । डिजिटल प्लेटफामको प्रयोग गर्दै देश विदेशमा फुल विक्री गर्दै आएको व्यवसायी बताउछ्न । 
    इलाम बजारस्थित सिटी मार्ट अगाडि आयोजना गरिएको प्रदर्शनीमा ३० वटा स्टल निर्माण गरिएको छ।



    निगरानी    
  • २०८३ कार्तिक १९, बुधबार १५:३३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP