काठमाडौं आइपुगे चिनियाँ राष्ट्रपति सी चिनफिङ

काठमाडौं आइपुगे चिनियाँ राष्ट्रपति सी चिनफिङ

काठमाडौं । २ दिने राजकीय भ्रमणअन्तर्गत चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आइपुगेका हुन् ।

चिनियाँ राष्ट्रपति सी विशेष विमानमार्फत केही समय अगाडि मात्रै काठमाडौं उत्रिएका हुन् ।

चिनियाँ राष्ट्रपति सी शनिबार भारतको चेन्नइबाट काठमाडौं आइपुगेका हुन् ।

नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले शनिबार समकक्षी विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति शीले शनिबार नै राजनीतिक भेटवार्ता पनि थाल्नेछन् ।

राष्ट्रपति सीले शनिबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।