logo
  • २०८२ जेष्ठ २ | Thu, 15 May 2025
  • अदुवाको ट्रेर्ड मार्क बन्दै

    अदुवाको ट्रेर्ड मार्क बन्दै

    तस्विर ः इलामको सुर्योदय नगरपालिका १० रमितेमा अदुवा खेतीको अनुगमन गर्दै एफएओको टोली ।


    इलामः उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयको सहकार्यमा अदुवा उत्पादक र व्यपारीहरुको छाता सस्था नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघले अदुवाको सामुहिक व्यपार चिन्हको स्वरुप र प्रकृयाको बारेमा किसान, व्यपारी र सरोकारवालासंग परामर्श शुरु गरेको हो ।
    अदुवा उत्पादन हुने सबै जिल्लाका सरोकारहरुको सुझाव पछि मन्त्रालयमा सामुहिक व्यपार चिन्हका लागि प्रतिवेदन पेस गर्ने संघका महासचिव हेमन्त बोहोराले जानकारी दिए ।
    नेपालका चार लाख किसानले उत्पादन गरेको अदुवा नेपालको लोगोमा विदेश निर्यात हुँदैन । महासचिव बोहोराका अनुसार भारत बाहेक वंगलादेस, जापान लगायतका देशमा पुग्ने अदुवा भारतको ट्रेड मार्कमा अन्य देशमा पुग्ने गरेको छ । उनले भने ‘नेपालको अदुवामा गुणस्तर छ, तर लोगो छैन त्यसैले हाम्रो भनेर बेच्न सकिएको छैन ।’
    व्यपार चिन्ह निर्माणमा सहयोग गरिरहेका विज्ञ युवराज सुवेदीले चिन्ह निर्माण भएपछि त्यसले नयाँ बजार खोज्न समेत सहयोग पुग्ने बताए । उनका अनुसार सामुहिक चिन्हले बस्तुको मुल्यमा समेत वार्गेनीङ पावस वृद्धि गर्दछ ।
    महासचिव बोहोराले चार बर्षको प्रयासपछि मन्त्रालयले चासो दिएको बताए । यसअघि चिया, पस्मिना, हर्वल लगायतका सामुहिक लोगो दर्ता भएको विज्ञ पौड्यालले जानकारी दिए ।
    संघका कार्यवाहक अध्यक्ष टोम राजवंसीले तेस्रो मुलुकमा बजार खोजीका लागि समेत सामुहिक चिन्हले सहयोग गर्ने भएकाले चाँडो सामुहिक चिन्ह बनाउन पहल शुरु गरेको बताए ।
    पछिल्लो समयमा नेपालमै अदुवा धुने पखाल्ने काम हुन थालेपछि अदुवाको नियात सहज भएको छ भने देश भरका अदुवा कृषकले अघिल्लो बर्ष भन्दा राम्रो मुल्य पाएको समेत राजवंसीले जानकारी दिए ।
    संघका महासचिव बोहोराले भारत बाहेक जापान, वंगलादेस, अमेरीका लगायतका देशबाट समेत नेपालको अदुवा खरिदका लागि इच्छा देखाएको बताए । इलाम पाँचथर लगायतका जिल्लाबाट अधिकाश अदुवा झापाको धुलावारी हुदै भारत निकासी हुने गरेको छ । यस अघि भारतको नक्सलबाढीमा मात्रै अदुवाको धुने पखाल्ने काम हुने गरेको थियो । भारतले माटो रहित अदुवामात्र निर्यात गर्न दिने भएपछि धुलावारीमा अदुवा धुनेकाम शुरु भएको हो । इलामका १२ हजार ९३२ परिवार किसानले अदुवा खेती गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । इलाम, पाँचथर र झापामा अदुवाको उत्पादन बढ्दो रुपमा रहेको जिन्जर प्रोफाईल २०१६ मा उल्लेख छ ।
    इलाममा ३२३३ हेक्टरमा अदुवा खेती भएर ४५ हजार ९९४ टन उत्पादन हुने गरेको केन्द्रले जनाएको छ । त्यस्तै पाँचथरमा २ हजार हेक्टरमा अदुवाको खेती हुने गरेको छ । पाँचथरर्मा २१ हजार १ सय ७७ टन अदुवा उत्पादन हुने गरेको छ । झापामा ३४२ हेक्टरमा खेती हुने अदुवाको बार्षिक उत्पादन ४ हजार ५८३ टन रहेको छ
    नेपालका २६ जिल्लामा अदुवा खेती हँुदै आएको छ । चिन र भारत पछि विश्वका अदुवा उत्पादक देशहरुमा नेपाल तेस्रो स्थानमा रहेको जिञ्जर प्रोफाईल २०१६ मा उल्लेख छ । नेपालमा उत्पादनहुने अदुवा मध्ये ९४ प्रतिशत भारतको बजारमा निकासी हुने गरेको छ । सामुहिक व्यपार चिन्हले ४३ लाख किलो भन्दा बढि नेपालमा उत्पादन हुने अदुवाको बजारका लागि समेत सहयोग पुग्ने संघका पाँचथर अध्यक्ष गणेश पोख्रेलले बताए ।



    निगरानी    
  • २०७६ पुष २२, मंगलवार ०६:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP