इलामः क्याम्पस प्रमुखलाई गलाएरै छोड्ने मुडमा रहेको अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (अनेरास्ववियू)ले महेन्द्र रत्न बहुमुखी क्याम्पसको ताला खोलेको छ । तीन महिना अघि लगाएको ताला विद्यार्थी र क्याम्पस प्रशासन विचको सहमती पछि खुलेको अनेरास्ववियूले जनाएको छ ।
अनेरास्ववियू क्याम्पस कमिटि अध्यक्ष दर्शन राई र अखिल क्रान्तिकारीका सचिव महिमा गौतमले विज्ञप्ति जारी गरेर क्यामपसमा लगाएको ताला खोलेको जानाएका हुन् । १८ बुदे माग राख्दै विद्यार्थीहरुले मंसिर २ देखि ताला लगाएका थिए । स्ववियू निर्वाचनलाई समेत ध्यानमा राख्दै ताला खोलेको अनेरास्ववियूले जनाएको छ ।
नेपाल विद्यार्थी संघ लगायतका विद्यार्थी संगठनले ताला खोलेपनि संकटग्रस्त अवस्थामा पुगेको क्याम्पसको शैक्षिक अवस्था सुधार गर्न अनेरास्ववियूले उग्रवादी चरित्र त्यागेर अघि बढ्नुपर्ने बताएको छ । नेविसंघले नेकपाका केहि नेताको स्वार्थमा क्याम्पसलाई रणभुमि बनाउन खेलेको भुमिका प्रति अनेरास्वयूले विद्यार्थीसंग माफि मागेर अघि बढ्नुपर्ने बताएको छ । आन्दोलनको नाममा गुण्डागर्दीलाई प्रोत्साहन गर्दा क्याम्पसको वातावरण विग्रीएको नेविसंघको आरोप छ । अनेरास्ववयूले थप रचनात्मक भएर विद्यार्थीको पक्षमा काम गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया