logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • बन्द अस्पतालमा आइसोलेसन वार्डको तयारी

    बन्द अस्पतालमा आइसोलेसन वार्डको तयारी

    इलाम नगरपालिका वार्ड नं. ६ सिंगफ्रिङ्ग स्थित हाल बन्द रहेको डा. मेघबहादुर पराजुली सामुदायिक अस्पताललाई क्वारेन्टाइन तथा आइसोलेसन वार्डका रुपमा प्रयोग गर्ने इलाम नगरपालिकाले काम शुरु गरेको छ ।
    वार्ड सञ्चालनका ल आवश्यक कारवाही अगाडि बढाउन कोरोना भाइरस ९ऋइख्क्ष्म् ज्ञढ० को रोकथाम र नियन्त्रणका लागि इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालयअन्तर्गत गठित समितिलाई कार्यपालिकाले निर्देशन दिएको इलाम नगरपालिका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए । शनिबार नगरपालिकाबाट आवश्यक सहयोग गर्ने समेत निर्णय भएको इलाम नगरपालिका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए ।
    नगर कार्यपालिका अन्तर्गत अत्यावश्यक सेवाअन्तर्गत रहेका स्वास्थ्य संस्था पूर्ण रुपमा संचालन गर्ने साथै दमकल, खानेपानी, सरसफाइ, जिन्सी र नगर प्रहरी सेवा पूर्ण रुपमा संचालन गर्ने ,कार्यालयको सवारी साधन तथा मेसिनरी उपकरण र चालकहरुलाई जुनसुकै समयका लागि स्ट्याण्डवाइ राख्ने , कर्मचारीहरुलाई किरिया बिदा, बिरामी बिदा र प्रसुति बिदा बाहेक अन्य बिदा नदिई निर्याय गरेको छ । खानेपानी सेवाका मिटर रिडरहरुलाई चेतनामूलक तथा सन्देशमूलक पर्चासहित घरदैलो अभियानमा परिचालन गरिने भएको छ ।
    यसैगरी इलाम नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुबाट प्रवाह हुने सेवा प्रवाह स्थगन गर्ने, तर कर्मचारीहरुलाई तयारी हालतमा राख्ने समेत शाहाले बताए । यस अघि इलाम अस्पतालमा २ शैया आइसोलेसन कक्षा स्थापना गरिएको इलाम अस्पतालका व्यवस्थापक क्षितीज खतिवडाले जानकारी दिए । एम्बुलेन्स तयारी हालतमा राखेको उनले जानकारी दिए ।
    यता इलामको पशुपतिनगर नाकामा भारतबाट आउने मानिसहरुको जाँच थप कडा बनाइएको इलाका प्रहरी कार्यालय पशुपतिनगरको इनिस्पेक्टर रमेश राईले जानकारी दिए ।



    निगरानी संवाददाता    
  • २०७६ चैत्र ९, आईतवार ०७:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP