प्रभावित देशहरुबाट घर आएका व्यक्तिहरुलाई सम्पर्कमा आउन आव्हान

प्रभावित देशहरुबाट घर आएका व्यक्तिहरुलाई सम्पर्कमा आउन आव्हान

 इलाम नगरपालिका, कोभिड १९ को प्रकोप रोकथाम तथा नियन्त्रणका लागि गठित कार्यदलको हालै बसेको बैठकबाट इलाम सदरमुकाममा डा. प्रभु शाह (९८५२६८०१२२) को संयोजत्वमा सदस्यहरु ल्याव अधिकृत श्री  निलेश ठाकुर ९८५२६८८८८, स्वास्थ्य शाखा प्रमुख श्री रमन्ता पौडेल ९८५२६८०४०१, हे.अ. श्री पंकज पोखरेल ९८५२६८१७१८, अ.न.मि. श्री जनककुमारी थापा ९८४२६४६०७७ रहेको ५ सदस्यीय रेपिड रेस्पोन्स टिम गठन भएको छ । नेपाल सरकारको निर्देशिका अनुसार सञ्चालन हुने यस रेपिड रेस्पोन्स टिमलाई सूचना उपलब्ध गराई सहयोग गर्न इलाम नगरपालिकाका वडाध्यक्षज्यूहरुलाई अनुरोध गर्ने समेत निर्णय भएको छ ।
यसैगरी कोभिड १९ प्रभावित देशहरुबाट यात्रा गरी हालसालै घर आएका व्यक्तिहरुलाई सावधानी अपनाउन, सेल्फ क्वारेन्टाइनमा बस्न र अस्पतालमा सम्पर्कमा आउन वडाध्यक्षज्यूमार्पmत आव्हान गर्ने साथै यस्ता व्यक्तिहरुको निगरानी तथा सूचना आदानप्रदानका लागि वडाध्यक्ष, वडा सदस्यज्यूहरु र महिला स्वास्थ्य स्वयम्सेविकाहरुलार्ई अनुरोध गर्नेे निर्णय भएको  इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए ।