खड्काद्धारा विपन्नलाई २१ लाखको सामग्री वितरण

Share This
  •  
  • 579
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    579
    Shares
खड्काद्धारा विपन्नलाई २१ लाखको सामग्री वितरण

इलाम। लकडाउन भएको अवस्थामा इलामका काङ्ग्रेस नेता डम्बर खड्काले पाँच सय मन चामल र २० हजार माक्स बिपन्नलाई वितरण गरेका छन् ।
खड्काले जिल्लााका सबै स्थानीय तहका विपन्न र मजदुरलाई माक्स र चामल वितरण गरेको बताए । उनले भने “सर्वसाधारणले भोकै भएको हेरीरहन सकिएन, उहाँहरुको सेवालाई दायीत्व ठानेर सहयोगको प्रयास गरेको हुँ ।” खड्काले करिव २१ लाख बराबरको सामग्री बितरण गरिएको बताए । स्थानीय सरकारले सामग्री वितरणमा अवरोधको प्रयास गरेको अहिलेको स्टक वितरण गरेर सो काम स्थगन गरेको खड्काले बताए । उनले भने ‘सरकारले थुन्ने सम्मको धम्की दिएपछि ५ सय मन वितरण पछि हाललाई यो काम स्थगन गरेको छु ।’ यस अघि उनले काठमाण्डौबाट इलाम आउनेलाई निशुल्क सवारी समेत उपलब्ध गराएका थिए । नेपाली काग्रेसका नेता खड्का इलाममा सञ्चालित चियाबारी एफएमका अध्यक्ष तथा निर्माण ब्यवसायी हुन् । उनी इलामका दानी नेताको रुपमा समेत चर्चामा छन् ।