logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • जनहितको चिया कारखाना शुरू

    जनहितको चिया कारखाना शुरू

    जिल्लाभरीका कारखाना बन्द रहेको अवस्थामा इलामको सूर्योदय नगरपालिका ११ को जनहित कृषि सहकारी संस्थाले चिया कारखाना शुरू गरेको छ ।
    शेयर सदस्यको अनुरोधमा सूर्योदय नगरपालिकाले विश्वव्यापी करोना भाइरसको महामारीबाट बचेर कारखाना सञ्चालन गर्न गरेको आव्हान अनुसार कारखाना शुरू गरेको अध्यक्ष गोपाल भट्टराईले जनाएका छन् ।
    कारखाना सञ्चालन अहिलेको समयमा कठिन रहेपनि शेयर सदस्यको चिया बिग्रन लागेपछि आन्ततरिक सर्त निर्माण गरेर शेयर सदस्यको चिया खरीद शुरू गरेको कारखाना व्यवस्थापक कमल खतिवडाले बताए ।
    “तयारी चिया विक्ने अवस्था सूनिश्चित नभएपनि माक्स र चामल वितरण भन्दा यो आवश्यक काम ठानेर जोखिम मोल्न खोजेका हौ ” अध्यक्ष गोपाल भट्टराईले भने ।
    सहकारीले यस अघि लकडाउनलाई मध्यनजर गरेर सूलभ मुल्यको पसल समेत शुरू गरेको छ । अहिले सम्ममा २२ सय किला भन्दा बढि खाद्यान्न शेयर सदस्यलाई सुलभ मुल्यमा सदस्यलाई उपलब्ध गराएको सहकारीले जनाएको छ ।
    सूर्योदय नगरपालिका ११ मा रहेका किसानलाई प्लाष्टिक पोखरी, प्लास्टिक टनेल , आवश्यक सेवामा अगुवाइ गरिरहेको सहकारीले १० बर्षदेखि दुग्ध प्रशाेधन गर्दै आएको छ ।



    निगरानी    
  • २०७६ चैत्र २३, आईतवार ०५:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP