logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • महासंघद्धारा विशेष प्याकेजको आग्रह

    महासंघद्धारा विशेष प्याकेजको आग्रह

    इलाम । राष्ट्रिय कृषक समुह महासंघले महामारीको समयमा किसान विशेष प्याकेज घोषणा गरी किसानलाई राहत प्रदान गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
    महासंघका केन्द्रिय अध्यक्ष, महासंघका प्रदेश संरचनाका सात जना अध्यक्षले सातबुँदे अनुरोध पत्र जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
    ‘किसानलाई थप हौसलाको लागि मल, विउ, कृषि विमा औजारमा अनुदानलाई बृद्धि गर्दै ब्यवस्थित तवरले वास्तविक किसानले मात्र प्राप्त गर्न सक्ने सुनिश्चित बातावरण तयार गरौं ।’ इमेल मार्फत संघिय सरकार र प्रदेश सरकारलाई पठायएको अनुरोध पत्रमा भनिएको छ ।
    महासंघले किसान लक्षित स्वस्थ्य विमा एवं कृषि ऋणमा थप सहुलियत र सरल प्रकृया जस्ता आधारभूत पक्षमा ध्यान दिन समेत सरकारलाई आग्रह गरेको छ ।
    कृषि र खाद्य संस्कृति बचाउनको लागि संघले सरकार सम्बन्धित सरोकारवालाहरु एवं आम किसानहरुलाई कृषि क्षेत्रको वृहतर विकासमा लाग्न आग्रह गरेको छ । महासंघले सिमान्त समुदाय,मजदुर र श्रमिकको लागि तत्काल आवश्यक खाद्यान्नको पूर्वानुमान र योजनाबनाई श्रोतको खोजीमा लाग्न समेत अनुरोध गरेको छ
    महासंघले भनेको छ ‘अ‍ैंचौ—पैचौ संस्कृति र सहयोगी नेपालीभावनालाई योजनाबद्ध रुपमा सदुपयोग गरिएमा बर्तमानमाआईलाग्न सक्ने खाद्यअसुरक्षा टर्छ,यसको लागि स्थानीय सरकारको नेतृत्वमानागरिक समाजलाई परिचालन गरौं ।’
    कृषिकर्ममा संलग्नकिसानहरुको सुरक्षाको प्रत्याभूति सहित उत्पादनका लागि आवश्यक सामाग्रीहरुको सर्बसुलभ रुपमा उपलब्धता एवं कृषिकर्म (खेति पद्धती)को निरन्तरता, कृषिउपजहरुको विक्रि वितरणको लागि उचित वातावरण मिलाउन महासंघले आग्रह गरेको छ ।
    महासंघले नेपाल सरकारले गरेका अनुरोध अनुरुप परस्पर दुरी कायम राखी खेतीपातीको काम नरोक्न समेत किसानहरुलाई आग्रह गरेको छ ।
    .कोरोनाको कारण विदेशमा रोजगारी छाडेर स्वदेश फर्केका एवं शहरबाट गाउँ फर्केका नागरिकहरुको सीप र प्ूजिलाई योजनाबाद्ध रुपमा कृषिसंंग जोड्ने रणनीति सहितका कार्यक्रम घोषणा गर्न अनुरोध गरेको छ । महासंघले भनेको छ ‘यसबाट उनीहरु फर्कनु पर्दैन र हरेक संकटसंगै गांसिएर आउने खाद्यसंकटबाट देशलाई बचाउने आधार निर्माण गर्छ ।’
    अनुरोध पत्रमा महासंघका केन्द्रिय अध्यक्ष नवराज बस्नेत, प्रदेश १ अध्यक्ष सोम बहादुर दर्नाल, प्रदेश २ का मुक्तिनारायण यादव, वागमती प्रदेशका विजय लामा, गण्डकी प्रदेशका गिरी प्रसाद पौड्याल, प्रदेश ५ का सर्वजित विष्ट, कर्णली प्रदेशका सन्तकुमार के सि र सुदुर पश्चिम प्रदेशका प्रकाश थापाले हस्ताक्षर गरेका छन् ।



    Avatar निगरानी संवाददाता    
  • २०७६ चैत्र २४, सोमबार १६:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP