logo
  • २०८१ चैत्र २ | Sat, 15 Mar 2025
  • इलामको क्वारेन्टाइनबाट भागेका युवक भेटियो

    इलामको क्वारेन्टाइनबाट भागेका युवक भेटियो

    इलामको क्वारेन्टाइनबाट सोमबार राति भागेका एक युवा भेटिएका छन । क्वारेन्टाइनबाट भागेका २२ वर्षिय सरोज अधिकारीलाई इलाम नगरपालिका ९ स्थित सिंहबाहिनी मन्दिरमा भेटि पुन क्वारेन्टाइनमा लगिएको जिल्ला प्रहरी कार्यलय इलामका प्रमुख ,एसपी हिरा बहादुर पाण्डेले जानकारी दिनु भयो । अधिकारी गोलाखर्क तर्फ जान लागेको अवस्थामा प्रहरीले पक्राउ गरी इलाम नगरपालिका ६ मा रहेको डा. मेघ बहादुुर सामुदायिक अस्पतालको भवनमा रहेको क्वारेन्टाइनमा लगिएको जनाइएको छ ।
    भारतको सिलिगुडीबाट सन्दकपुर गाउँपालिका ३ सुलुबुङका अधिकारीलाई गत २३ गते इलाम नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा राखिएको थियो । अधिकारीले प्रहरीलाई छक्याएर विहानको राती भागेको इलाम नगरपालिकाका सुचना अधिकारी राम कुमार शाहले बताउनु भयो । भारत बाट आएकोले कोरोना संक्रमण हुन सक्ने आशंकामा इलाम अस्पतालले क्वारेन्टाइमा राख्न पठाएको थियो । सोही अनुसार अधिकारीलाई क्वारेन्टाइनमा राखिएको थियो ।



    निगरानी डेक्स    
  • २०७६ चैत्र २५, मंगलवार ०७:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP