logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • प्रदेश १ मा ३ सय ८७ जनाको स्वाब परीक्षण

    प्रदेश १ मा ३ सय ८७ जनाको स्वाब परीक्षण

    इलाम: प्रदेश १ मा ३ सय ८७ जनाको स्वाब परीक्षण गरिएको छ। जसमध्ये १३ जनामा कोरोना पुष्टि भएको छ।  प्रदेश १ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुन्छ। 

    प्रदेश १ मा आइतबार सम्ममा २ हजार २ सय ८१ जनाको आरडीटी विधिबाट नमुना परीक्षण भएको छ। सो परिक्षणमा रिपोर्ट पोजिटिभ आए धरान र विराटनगरमा थप परीक्षण गरिदै आएको छ। प्रदेशका १४ जिल्लामै आरडीटी परीक्षण भइरहेको छ। 

    यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन ६ सय ७६ जना छन्। आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ६ महिला र १७ पुरुषसहित २३ उपचार गराइरहेका छन्। 

    होम क्वारेन्टाइनमा जम्मा ४ हजार २ सय २३ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण भएको छ। संक्रमित दुई नेपाली र ११ भारतीय नागरिक हुन्। 



    निगरानी संवाददाता    
  • २०७७ बैशाख ७, आईतवार १५:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP