इलाम । विश्वभरी फैलिएको कोरोना (कोभिड १९) स्वदेशी श्रमजिवीमा मात्रै हैन वैदैशिक रोजगारमा गएकाहरुलाई पनि उत्तिकै पिरोलेको छ । नजिकैमा मृत्युका खबर आइरहदा विभिन्न देशमा फैलिएका श्रमिकहरुको मन आत्तिएको बताउँछन् इलामबाट कोरीयाको नाम्याङजु सी पुगेका कविन आचार्य ।
‘दुई किलोमिटर पर कोरोना संंक्रमित भेटिएको खबर आएको छ ।’ आचार्यले सुनाए । आफु बसेको ठाउँमा महामारीबाट मृत्यु नभएको भन्दै उनले भने ‘शुरक्षित छौ तर मनमा शान्ति छैन ।’
आचार्यका अनुसार नेपाली दुतावास र एनआरएनएले पिढीत र त्रसित नेपालीहरुलाई सान्त्वना दिन प्रयास गरिरहेको छ । उनले भने ‘एनआरएनए र नेपाली दुताबासले जागरण अभियान संचालन गरिरहेको छ ।’
उनका अनुसार एनआरएनए कोरियाले आफ्नो पब्लिक हेप्पडेक्स सञ्चालन गरेर २४ घन्टा संम्पर्क गर्ने अभियान नै चलाएको छ । कुनै नेपालीलाई कोरोनाको संक्रमण देखिएमा फोन गर्न सूचना गर्न अनुरोध गरेको एनआरएनएले त्यस्तो समस्या भएमा उपचार गर्ने व्यवस्था मिलाउने एनआरएनएका उपाध्यक्ष यदु लामिछानेले बताए ।
कोरियामा अहिले इपिएस र अन्य भिषामा भएका नेपाली ५० हजार हाराहारिमा रहेको लामिछानेले जानकारी दिए । ४५ हजार हाराहारिमा इपिएस कामदार र अन्य व्यवसायिक र बैवाहिक भिषामा पुगेका मानिसहरु छन ।
एनआरएनएले नेपालमा पनि सहयोग सामाग्रि पठाएको जनाएको छ । कोरोना भाईरस संक्रमण भए नभएको चेक गर्ने चार हजार किट्स र पिपिइ पठाएको लामिछानेले जानकारी दिए । अहिले नयाँ संक्रमण नदेखिएकाले काम जोखिमको महशुस गरेको आचार्यले बताए ।
कोरीया मात्र हैन इलामबाट मलेसियामा रहेका लक्ष्मण प्रधान पनि घर सम्झी रहेका छन् । दुई महिना अघि भिसा अवधी थप गरेका उनलाई प्रकोपको समयमा घर आउन मनलागे पनि आउन सकेका छैनन् । उनले सुनाए ‘अहिले काममै छु अरु कामदार आउँदैनन् सेक्युरीटी गार्डले चाहि आउनु पर्छ ।’ बाहिर हिड्न समेत नपाउने गरी मलेसिया सरकारले प्रतिवन्ध गरेकाले सडकहरु सुनसान छन् । ‘अत्यवश्यक काममा बाहेक अरु समयमा हिड्दा सिधै जेल जानुपर्छ ।’ उनी संक्रमण ओरालो लागेपछि स्वदेश फिर्ने सोचमा छन् । उनी मात्रै हैन धेरै कामदारहरु वातावरण अलिक सहज भए नेपाल आउने सोचमा रहेको उनले सुनाए ।
अमेरीकाको न्युर्योकमा रहेकी सारिकाश्रीले नेपालीहरु रोग लुकाएरै अप्ठ्यारोमा परिरहेको बताइन् । त्यहाँ विरामीलाई घरमै गएर आराम गर भनेर फर्काउने गरेको सुनाई । उनले भनिन् ‘नेपाली मात्रै हैन, सबैलाई समस्या छ, नेपालीहरु चाँहि रोग लुकाएर बढि जोखिममा परेका छन् ।’
प्रतिक्रिया