इलाममा हालसम्म ३१२ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम, बैशाख १५ । कोरोना भाइरस (कोभिड (१९) को परीक्षण इलाममा हालसम्म ३ सय १२ जनाको गरीएको छ । द्रुत परीक्षण (आरडिटि) विधिबाट उनीहरुको परीक्षण गरीएको हो । परीक्षण गरीएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । जसमध्ये शंकास्पद रहेका इलामनगरपालिका स्थित डाक्टर मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनमा बसेका चारजनाको धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण समेत गरीएको थियो ।

उनीहरुको पनि रिपोर्ट नेगेटिभ आएपछि इलाम जिल्लामा हालसम्म कोरोना संक्रमित हालसम्म नभएको स्वास्थ्य कार्यालय इलामका कोभिड १९ फोकल पर्सन बिमल बरालले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयले जिल्लाका दशै स्थानमा निर्माण गरीएका क्वारेन्टाइनमा बसेकाहरुको सम्बन्धित स्थानीय तह संगको समन्वयमा आरडिटि गरेको थियो । यसैक्रममा जिल्लाका केही स्थानीय तहमा निर्माण गरीएका क्वारेन्टाइनमा केही मानिस अझै बसिरहेका छन् । तर अधिकाँश तहमा क्वारेन्टाइनमा बसेकाहरु स्वास्थय परिक्षण पछि आ आफनो घर गएका छन् । हाल जिल्लाको इलाम नगरपालिमा १० जना, सूर्योदय नगरपालिकामा ११ जना रोङ गाउँपालिकामा १५ जना क्वारेन्टाइनमा रहेका छन् । जिल्ला भरमा ३ सय २१ बेडको क्वारेन्टाइन निर्माण भएका छन् ।