logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • कोरोना कहरमा ‘इलाम’ सम्झदा

    • Avatar विचार
    • २०७७ बैशाख २९, सोमबार ०९:५३
    कोरोना कहरमा ‘इलाम’ सम्झदा

    उर्मीला सुवेदी
    ‘आहा ! इलाम’ कोरोना कहरमा इलामका समाचारहरु हेर्दा अन्तस्करणबाट यहि आवाज निस्कन्छ । इलामका इलमी हातहरुले गर्ने हरेक असल कर्मलाई सलाम गर्न मनलाग्छ ।
    जीवन यस्तै हो एउटै गतीमा चल्दैन । अहिले हाम्रो गती फेरीएको छ । असहजताका विचमा सहजता खोज्ने प्रयासमा छौ हामीसबै । कोरोना भाइरसले विश्व आक्रान्त बनाएको बेला इलाम र इलामेको मनलाई जिल बाहिरबाट नियाल्दा गौरब लाग्छ ।
    इलाममा जन्मेर तीन दशक बढी इलामले मलाई गरेको सेवा र मैले पनि सकेको इलाम प्रति गरेको सेवा सम्झदा आज अलि टाढा बसेर कोरोनाको कहरमा इलाम र इलामेली मनहरुले गरेको कार्य र सेवामुलक भावना देख्दा साच्चै इलाम एउटा सहयोगी र कोमल हृदय भएको मान्छे जन्माउने थलो र सकारात्मक सन्देशहरु प्रदान गर्ने वातावरण भएको ठाउँ भन्न मज्जा आउँछ ।
    अन्यन्त्र जस्तै इलाम पनि कोरोना संक्रमित नभएको भए पनि बाहिरबाट आउने जानेको संख्याले त्रादसी भने रहेकै छ । इलाम मात्र होइन विश्व जुनसुकै कुनामा त्रास छ । तर, इलाम त्रासको अवस्थामा पनि केही सन्देश दिने ध्याउन्नमा देखियो । त्यसको मुख्य उदाहरणको रुपमा इलामका भोका मजदुरहरुलाई इलामेहरुकै सहयोगमा खाना खुवाउन इलामेली किचनको व्यवस्थापन । किचनमा भोकै भएका मजदुर मात्र होइन अस्पतालमा सेवा प्रवाह खटिने कर्मचारी , स्वयमसेवक , विरामी र विरामीका कुरुवा , सुरक्षाकर्मी लगायतले खाना खान पाउनु भयो भन्ने मैले बुझेको छु । इलामका युवा सुमन श्रेष्ठ र होटल एसोसिएशन इलामका अध्यक्ष देवि पौडेलको अग्रसरतामा सुरु भएको यो किचनमा सुरुका दिनमा कमल सुवेदी, पर्शु सापकोटा, वैद्य परिवार, भिम संग्रौला , च्याङवा होटल , इलामबाट झापा झरेका व्यक्तिहरु , प्रसाई परिवार , चिपालु परिवार, भट्टराई परिवार लगायत विभिन्न व्यक्ति तथा संघ सस्थाले सहयोग गरेका छन भने धेरैले यो किचनको सदुप्रयोग गरेको जानकारीमा आएको छ । स्वतस्फुर्र्त रुपमा सहयोग गर्नेहरु थपिदै जादा लकडाउन भरी खाना खुवाउन समेत समस्या नभएको देवि पौडलको भनाइ छ ।
    यसलाई हेर्दा साच्चै इलामे जहाँ जस्तो ठाउँमा रहेपनि सहयोगी छन भन्न सकिन्छ । यति मात्र होइन इलाम अस्पताललाई व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ स्वास्थ्यकर्मी सुरक्षकमीहरुलाई हस्तान्तरण गरेको समाचाहरु निरन्तर सुन्न र पढ्न पाउदा फेरी ‘आहा मेरो माइती इलाम’ भन्न मन लाग्छ । इलामेहरु जहाँ जस्तो अवस्थामा हुनुहुन्छ तर सहयोगका हातहरु बढाइरहनु भएको छ । यो संंकटको बेला मात्र होइन अन्य समयमा इलाममा कोही उपचारको लागि इलाम अस्पतालबाट बाहिर लान नसक्ने अवस्था आएमा वा उपचार गर्न नसक्ने अवस्था भएका विरामीलाई सहयोग गर्नको लागि इलामे सहयोगी हातहरु भनेर समुह नै गठन गरेर चाचा भनेर चिनिनु हुने रतन चौधरीको नेतृत्वमा यो सहरानीय कार्य इलामले करीब तीन चार वर्ष अघिबाट सुरु गरेको छ । आज सम्झदै छु रतन चौधरी चाचा आफै बिरामी भएर इलाम बाहिर हुनुहुन्छ । उहाँपनि इलामलाई सकेको सहयोग गर्न नपाएर छट्पटिनु भएको छ । सुनेको छु इलामेली किचनलाई सहयोग पुर्उन इलाममा नभएपनि सहयोग गरी रहनु भएको छ । उहाँको सहयोग इलामले पक्कै विर्सने छैन ।
    कोरोनाको कारण त्रासका बीचमा पनि इलामको संभावित कोरोना आउन नदिन इलामे संचारकर्मीहरु जो प्रशासन र स्थानीय निकायसँग समन्वय गरेर इलामकाबारेमा समाचार सम्प्रेषण गरी रहनु भएको छ । यसले इलाम लगायत इलाम बाहिर रहेकालाई पनि सूचीतहुन मद्धत गरेको छ । इलामका विद्यार्थी संंघ संगठनका भाईबहिनीहरु दिनरात चेतनामुलक कार्य गरेर हिड्नु भएको छ । यसले पनि इलामको छाती चौडा गर्न मद्धत गरेको छ । स्थानीय निकायहरुलाई राहात वितरण र कोरोना संक्रमण नियन्त्रणका लागि झकझकाई रहनु भएको छ ।
    बिसाउनीमा आआफ्नौ ठाउँबाट कोरोना विरुद्धको लडाईमा लाग्ने नाम परेका र लेखमा नाम अटाउन नसकेका सबैमा साधुवाद अपर्ण गर्दछु । – बाँके , कोहलपुर



    Avatar विचार    
  • २०७७ बैशाख २९, सोमबार ०९:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP