बाबुको हत्या गर्ने छोरी पक्राउ

बाबुको हत्या गर्ने छोरी पक्राउ

इलाममा छोरीले बावुको हत्या गरेकी छन । देउमाई नगरपालिका ६ शान्तिडाडामा ५१ वर्षिय फुलबहादुर राईलाई उनकै छोरी शुष्मा राईले हत्या गरेको प्रहरीले जनाएको छ । घरयासी कारणले गएराति बाबुको टाउकोमा बन्चरो (दाउरा चिर्न प्रयोग गरिने ) प्रहार गरी हत्या गरी फरार रहेकी २५ वर्षिय राईलाईले प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । जंगलमा लुकेर बसेको अवस्थमा बन्चरो सहित पक्राउ गरी प्रहरीले थप अनुसन्धान थालेको छ । सन्दकपुर गाउँपालिका ३ स्थायी घर भएका उनीहरु देउमाई नगरपालिका ६ शान्तिडाडामा बसोबास गर्दै आएका थिए ।